Saturday, September 7, 2013

बाघ भैरव पुजा विधिप्रति भक्तजनहरुको गुनासो

अंक १०९ ने. सं. ११३३ गुंलागा चतुर्दर्शी बुधवाः २०७० भाद्र १९ गते बुधवार Sep -4 2013

बाघ भैरव पुजा विधिप्रति भक्तजनहरुको गुनासो
 
बाघभैरव संरक्षण समितिलाई भक्तजनको खुल्ला पत्र



कीर्तिपुरवासीको आराध्यदेव  आजुद्यः (कुल देवता)को रुपमा प्रख्यात बाघभैरवको मूर्ति गत वर्ष तान्त्रिक विधि अनुसार जनताको व्यापक सहयोगमा पुनःनिर्माण   गरियो ।

बाघभैरवको चाँदीको मूर्ति बनाई चारैतिर शिसाले घेरिएर राखेको छ । पुनः निर्माण भएपछि अब बाघभैरवलाई छुन नपाउने, पुजा गर्न जाने भक्तजनले आफ्नै हातबाट पूजा गर्न नपाउने नियम बनाइर्एको छ । जसले गर्दा कीर्तिपुरवासीले असन्तुष्ट पोखेका छन ।

पाँगाका निलबाबु महर्जनका अनुसार पाँगाका आधाभन्दा बढी मानिसहरूको कूल देवता (आजुद्यः) बाघभैरव नै हुन । ‘कसैको घरमा ठूलो पुजा या कर्मकाण्ड गर्नु प¥यो भने कूलदेवताको पूजा गर्नु पर्छ । कूलदेवताको पूजा गर्न विहानै नुहाएर पानी पनि नपिइ निसी (चोखो) भएर पूजा थाली लिएर जान्छन् । तर त्यहाँ पुग्दा आपूmले पूजा गर्न नपाउने देवतालाई हेरचाह गर्न राखेका द्यःपालाः (कुशले) ले पुजा थाली लिएर आपूm खुसी पुजा गर्छ । जुन भक्तजनलाई चित्त बुझेको छैन । यो मेरो मात्र हैन, भक्तजनको धारणा हो ।’  कुनै पनि देवी देवताको पुजा आजा गर्नु भनेको आ–आफ्नो आस्थाको कुरा हो । पुरा आस्थाका साथ पुजा गर्न भक्तजन त्यहाँ पुग्छन तर देवताको पाउ छोएर ढोग्न पनि पाईंदैन । भक्तजन त नुहाएर चोखो भएर जान्छ तर पुजा गर्ने कुशले पनि त्यतिकै नीसी (चोखो) भएर बसिरहेको हुन्छ र ? भनेर प्रश्न समेत गर्नु भयो । आदिनाथ, करुणामय, पशुपतिमा पनि त हामीले देवता छुन पाउँदैन यो त मूर्तिमा कुनै पनि असर नपरोस भनी होला नि भनी यस सम्बाददाताको प्रश्नमा महर्जन लगायत भक्तजनहरूले भने, “आदिनाथ, करुणामयमा पान्जु   राखेको हुन्छ । पान्जुहरुले नै पुजा गर्छन । जुन परम्परादेखि चल्दै आइरहेको छ । तर बाघभैरवमा त हामीले परम्परादेखि आफैले या गुरुजु राखेर पूजा गर्दै आइरहेका हौ । त्यसैले भक्तजनको आस्थाको कदर गर्दै भगवानको पाउ छोएर पूजा गर्न मिल्ने व्यवस्था गर्न सरोकारवाला बाघभैरव संरक्षण समितिसँग अनुरोध गरिएको छ । सिसाभित्र बन्द बाघभैरवको पुजा गर्न नपाउँदा भगवान प्रति अनास्था बढ्ने र स्वयम्भू स्तुपको गजुर हेरेर घरमा बसी पुजा गरेझै बाघभैरव मन्दिरको गजुर हेरेर घरमै बसी पुजा गरे पनि हुन्छ भन्ने धारणा नहोला भन्न सकिंदैन । देवतालाई जति पुजाआजा गरिन्छ त्यति नै देवताको शक्ति बृद्धि हुन्छ । पुजा गर्न नपाएपछि केवल नाममात्रको पुजाले देवताको शक्ति क्षीण हुँदै जाने कुरा बुढापाकाहरूले भनिरहेका छन । यस पुजाविधिप्रति कीर्तिपुरवासीहरू पनि असन्तुष्ट रहेको पाइएको छ । यस विषयमा खासै बहस समेत भइरहेको छैन ।

कीर्तिपुर सन्देश मार्फत भक्तजनहरुको यो सन्देश बाघभैरव संरक्षण समिति समक्ष पु¥याउन अनुरोध गरेका छन् । 

(अतः यसलाई खुल्ला पत्रको रुपमा प्रकाशित गरेका छौं । आशा छ यस खुल्ला पत्रको सवालमा सरोकारवाला पक्षले भक्तजन हरुलाई दिइने छ । सं.)

No comments:

Post a Comment