Saturday, September 7, 2013

यो बाटोमा पर्खाल कसले लगाउने हो ?

अंक १०९ ने. सं. ११३३ गुंलागा चतुर्दर्शी बुधवाः २०७० भाद्र १९ गते बुधवार Sep -4 2013

यो बाटोमा पर्खाल कसले लगाउने हो ?
 
कीर्तिपुर सन्देश


कीर्तिपुरको लोकतान्त्रिक चोकबाट मङ्गल स्कुल हुँदै माथि डाँडा चढ्ने ठाउँमा नगरपालिकाले बाटो फराकिलो पार्दै केही मिटर सिमेन्ट धलान गरी बाटो बनाइएको छ । जुन साहै्र राम्रो काम हो । बाँकि भाग पनि छिट्टै धलान होस् भनी कीर्तिपुरवासीको मांग रहेको छ ।

यसै बाटोको उकालो चढ्दा दाहिनेपट्टि मङ्गल स्कुलको भवन र बाटोको पेटी अलि अलि फरकमा छ । मङ्गल स्कुलको गेटबाट माथि चढ्ने बितिक्कै पेटीमा पर्खाल या कुनै बार लगाएको छैन । जसले गर्दा बटुवाहरूको मनमा त्यो पेटीबाट मङ्गल स्कुलतिर खस्ने हो कि भन्ने त्रास मनमा रहिरहेको बटुवाहरू बताउँछन ।

उक्त स्थानमा पर्खाल वा तारबार राखि दिए सम्भावीत खतराबाट पदयात्रीले मुक्ति पाउँथ्यो कि भन्ने भनाई रहेको छ । अब जात्रा पर्व नजिक आउँदै छ । बेलुका भोज भतेरमा गएर त्यही बाटोबाट फर्कंदा पाइला खुस्किएर तल खस्ने हो कि भन्ने सन्त्रास रहेको छ ।

उक्त पर्खाल कसले बनाउने हो भनी मङ्गल स्कुलका कोअर्डिनेटर सिद्धिवहादुर महर्जनसँग सोध्दा “बनाउन त कीर्तिपुर नगरपालिकाले नै बनाई दिन्छु भनेको छ । त्यस ठाउँमा तारबार लगाई दिने भनेर कीर्तिपुर नगरपालिकाले भनेको छ । तारबारको सट्टा पर्खाल नै बनाई दिए हुन्थ्यो ।” उहाँले भन्नुभयो ।

उक्त ठाउँमा तारबार होस या पर्खाल होस मान्छे नखस्ने बनाई दिनुप¥यो । दुर्घटना भए पछि औषधोपचार गर्नु भन्दा दुर्घटना नै हुन नदिनु बुद्धि मानी रहेको छ । अतः कीर्तिपुर नगरपालिकाले यस सम्बन्धी छिट्टै कार्यान्वयन गर्नु हुने कीर्तिपुरवासीले अपेक्षा राखेका छन् ।

No comments:

Post a Comment