Saturday, September 7, 2013

बाघ भैरव महिला समूहद्वारा निःशुल्क आँखा शिविर

अंक १०९ ने. सं. ११३३ गुंलागा चतुर्दर्शी बुधवाः २०७० भाद्र १९ गते बुधवार Sep -4 2013
 
बाघ भैरव महिला समूहद्वारा निःशुल्क आँखा शिविर
श्री बाघ भैरव महिला समूह कीर्तिपुरले आगामी भाद्र २२ गते शनिवार एक दिवसीय निःशुल्क आँखा शिविरको आयोजना गरिएको छ ।

युवा नेत्र सेवाको सहयोगमा हुने उक्त निःशुल्क आँखा शिविर कीर्तिपुर नगरपालिका वडा नं.१ बाकुननी टोल, ननीगाःमा हुने भएको छ । उक्त शिविरमा आँखा जचाउन चाहनेले विहान ७ बजेदेखि नाम दर्ता गराउनु पर्ने छ । 
नाम दर्ता गरेको क्रम अनुसार नै विहान ९.३० देखि आँखाको परीक्षण सुरु हुने जनाइएको छ । उक्त आँखा शिविरमा परीक्षण गरिएका आँखा रोगीमा मोतिबिन्दु फेला परेमा मोतिबिन्दुको निःशुल्कअपरेशन गरिने जनाइएको छ । अतः उक्त शिविरमा सहभागी भइ लाभ उठाउन बाघभैरव महिला समूहले सबैमा अनुरोध गरिएको छ ।

No comments:

Post a Comment