Monday, June 24, 2013

ज्ञानमाला वृद्ध सेवा समिति नगांको सराह्रनीय काम

अंक ९४ ने. सं. ११३३ बछलाथ्व द्वादशी बुधवाः २०७० जेठ ८ गते बुधवार May 22, 2013

ज्ञानमाला वृद्ध सेवा समिति नगांको सराह्रनीय काम


गत बैशाख २८ गते ज्ञानमाला वृद्ध सेवा समिति नगांले भिमरथारोहण गरी सकेका ज्येष्ठ नागरिकहरूलाई काठमाडौं उपत्यकाको विभिन्न धार्मिकस्थल घुमाउने कार्यक्रम गरिएको थियो । सुलक्षण कीर्ति विहारमा बृद्ध पुजा, शील प्रार्थना गरिएको थियो । त्यसपछि शंखमुलस्थित अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्रमा ध्यान सम्बन्धी प्रवचन सुनाएको थियो । त्यसपछि पशुपति दर्शनको साथै  बृद्धाश्रममा रहेका बृद्ध÷बृद्धाहरूस“ग भेटघाट गराएको थियो । त्यहाँबाट बौद्ध (खास्ति)को अवलोकन गराएको थियो ।


उक्त दिन पशुपति बृद्धाश्रमलाई २० लि.को प्रेशर कुकर दिने वचन दिए अनुसार गत बैशाख ५ गते आइतवार बृद्ध सेवा समितिका पदाधिकारीहरू पशुपतिमा गइ प्रेशर कुकर प्रदान गरेको ज्ञानमाला बृद्ध सेवा समितिका अध्यक्ष हीरा डंगोलले जानकारी दिनु भयो ।

No comments:

Post a Comment