Saturday, May 18, 2013

छैठौं बौद्ध संगीत जागरण कार्यक्रम सम्पन्न

छैठौं बौद्ध संगीत जागरण कार्यक्रम सम्पन्न


स्वयम्भू ज्ञानमाला भजनको हिरक जयन्तिको उपलक्ष्यमा बौद्ध संगीत जागरण समितिको आयोजनामा छैठौं बौद्ध संगीत जागरण कार्यक्रम गत बैशाख २१ गते शनिवार इटुंबहालमा सम्पन्न भयो । संघ नायक भिक्षु अश्वघोष महास्थविरले दिप प्रज्ज्वलन गर्नु भइ उद्घाटन गर्नु भएको उक्त कार्यक्रममा शील प्रार्थना र बुद्ध पुजा पनि गरिएको थियो । ज्ञानमाला भजन खलः स्वयम्भूका सचिव पूर्णकाजी ज्यापुले स्वागत र आयोजक समितिका सचिव इन्द्रमुनि शाक्यले कार्यक्रमको उदेश्य बारे स्पष्ट पार्नु भएको थियो । काठमाडौं उपत्यकाका ४६ वटा ज्ञानमाला भजन खलःको सहभागिता रहेको उक्त कार्यक्रम विहान १० बजेदेखि सुरु भइ बेलुका १० बजे सम्पन्न भयो । प्रत्येक ज्ञानमाला भजन खलःलाई एउटा एउटा भजन गाउन दिएकोमा तीन विधामा पहिला हुने ज्ञानमाला खलःलाई पुरस्कृत गरिएको थियो । जसमा रचना तर्फ राजभाइ जकःमि नगरमण्डप श्रीकीर्ति विहार कीर्तिपुर, संगीत तर्फ मयूर वर्ण विहार पाटन, र स्वरतर्फ धर्मकीर्ति ज्ञानमाला श्रीघः विहारलाई प्रदान गरिएको थियो ।

बरिष्ठ अधिवक्ता सर्वज्ञरत्न तुलाधर, भिक्षु आनन्द र भिक्षु संघरक्षितले पुरस्कार वितरण गर्नु भएको थियो ।

No comments:

Post a Comment