Saturday, May 18, 2013

साउथ वेस्ट क्रिकेट क्लबले क्रिकेट प्रशिक्षण दिने

साउथ वेस्ट क्रिकेट क्लबले क्रिकेट प्रशिक्षण दिने

दुई वर्ष अगाडि कीर्तिपुरमा गठित साउथ वेष्ट क्रिकेट क्लबको गत बैशाख २२ गते आइतवार बसेको बैठकको निर्णय अनुसार आउँदो जेठ १ गतेदेखि विद्यालय स्तरका खेलाडिहरू एवं कलेजका खेलाडिहरू लाई क्रिकेट प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरिएको जानकारी क्लबका अध्यक्ष प्रा.डा. रामकृष्ण महर्जनले दिनु भएको छ । कीर्तिपुरको लेबोरेटरी उच्च मा.वि.मा क्लबले प्रशिक्षण सञ्चालन गर्न पीच समेत तयार गरी सकेको जानकारी दिनु भएको थियो । यस क्लबले गत वर्ष सफलतापूर्वक प्रथम साउथ वेस्ट क्रिकेट टेनिस बल क्रिकेट सञ्चालन गरेको थियो जस्मा उपत्यकाका करीव ३ दर्जन टिमले सहभागिता जनाईएको थियो । तसर्थ नयाँ क्रिकेट प्रेमीहरूको लागि साउथ वेष्ट क्रिकेट क्लबले सञ्चालन गर्न लागेको यो साउथ वेष्ट क्रिकेट एकेदमीबाट क्रिकेट प्रशिक्षण लिई यस क्षेत्रको क्रिकेट खेल विकास गर्ने अवसर नगुमाउनु हुन अनुरोध गर्दछ ।

No comments:

Post a Comment