Saturday, May 18, 2013

बृद्ध सेवा समिति नगाउँले धार्मिकस्थल भ्रमण गराउने

बृद्ध सेवा समिति नगाउँले धार्मिकस्थल भ्रमण गराउने

ज्ञानमाला भजन खलः नगाउँद्वारा सञ्चालित बृद्ध सेवा समिति नगाउँले यही बैशाख २८ गते शनिवार कीर्तिपुर न.पा. १६ का भीमरथारोहण भइसकेका जेष्ठ नागरीकहरूलाई धार्मिक भ्रमण गराउने भएको छ । विहान ९ बजेदेखि १० बजेसम्म जेष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण गरीने छ । स्वास्थ्य परीक्षणमा स्वस्थ देखिएका जेष्ठ नागरीकहरूलाई धार्मिक स्थल भ्रमणमा लैजाने छ । धार्मिकस्थलहरूमा विश्व शान्ति विहार बानेश्वर, पशुपतीनाथ मन्दिर, बौद्ध, गोकर्ण महदेव भ्रमण गराउने जानकारी बृद्ध सेवा समितिका अध्यक्ष हीरा डंगोलले जानकारी दिनुभयो । उहाका अनुसार उक्त टोलीमा ४० जना जेष्ठ नागरिक, दुई जना स्वास्थ्य कर्मीहरू र २० जना स्वयंसेवक पनि  रहने छ ।

No comments:

Post a Comment