Thursday, October 13, 2016

बृद्ध सेवा समाज कीर्तिपुरद्वारा ज्येष्ठ नागरिकलाई सम्मान

बृद्ध सेवा समाज कीर्तिपुरद्वारा ज्येष्ठ नागरिकलाई सम्मान




कीर्तिपुर सन्देश साप्ताहिक /

२६ औं अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको उपलक्ष्यमा असोज १५ गते देशभर विभिन्न कार्यक्रम गरी मनाईयो । कीर्तिपुरमा लामो समयदेखि ज्येष्ठ नागरिकहरुको सेवा गर्दै आइरहेको बृद्ध सेवा समाज कीर्तिपुरले ९० वर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई सम्मान गरी ज्येष्ठ नागरिक दिवस मनाईयो ।

कीर्तिपुरका ९० वर्ष माथिका ज्येष्ठ नागरिकहरु देय् थकाली द्वपाःचा कीर्तिपुर–५ का नन्दलाल महर्जन–१०३ वर्ष, कीर्तिपुर वडा नं.२ लखंतँचाका मानसिंह महर्जन— १०१ वर्ष, कीर्तिपुर वडा नं. १ ह्वाकुंचाका रामवहादुर महर्जन—९३ वर्ष, कीर्तिपुर वडा नं.६ समलका पूर्ण वहादुर महर्जन—९६ वर्ष, कीर्तिपुर वडा नं. ४ गुतपौका असलमाया महर्जन— ९० वर्ष, कीर्तिपुर वडा नं.३ तःननिका दानमाया महर्जन—९१ वर्षका लाई समाजका उपाध्यक्ष रत्नवहादुर महर्जनले आफ्नो कारबाट सम्मान गर्ने ठाउँमा ल्याउनु भएको थियो ।

 नयाँबजारस्थित कीर्तिपुर मिनि मार्केटमा एक कार्यक्रम गरी उहाँहरुलाई सम्मान गरिएको थियो । समाजका अध्यक्ष रामकृष्ण महर्जन महर्जनले दोसल्ला ओढाउनु भएको थियो । कोषाध्यक्ष शोभा महर्जनले टिका, सचिव जनार्दन श्रेष्ठले कोखा र खादा ओढाउनु भएको थियो । उपाध्यक्ष रत्नवहादुर महर्जनले मिठाई, सदस्य महन्तवहादुर महर्जनले ज्येष्ठ नागरिकहरुलाई रुमाल र साबुन प्रदान गर्नु भएको थियो । समाजका पदाधिकारीहरु बाहेक अरुहरुले पनि बिस्कुट लगायत नगद पनि प्रदान गरिएका थिए ।

कार्यक्रम पछि उपाध्यक्ष रत्नवहादुर महर्जनले सबैलाई आफ्नो कारमा राखी घर घरमा पु¥याइएका थिए । आधा दिनसम्म रमाईलो गर्न पाउँदा दौतरीहरुसँग कुरा गर्न पाउँदा ज्येष्ठ नागरिकहरु साहै्र खुशी भएका थिए ।

No comments:

Post a Comment