Thursday, October 13, 2016

अशोक शोकीका दुईटा पुस्तक विमोचित

अशोक शोकीका दुईटा पुस्तक विमोचित




कीर्तिपुर सन्देश साप्ताहिक/

 कीर्तिपुरका नाम चलेका लेखक एवं कीर्तिपुर सन्देशका स्तम्भकार अशोक शोकीको एकैपल्ट दुईटा पुस्तक विमोचन भएको छ । गत असोज १५ गते शनिवार काठमाडौंस्थित नेपाल पर्यटन वोर्डको हलमा भएको उक्त पुस्तक विमोचन कार्यक्रमको प्रमुख अतिथी ज्येष्ठ नागरिक राजमाया महर्जन (८८ वर्ष) हुनुहुन्थ्यो ।
लेखक असोक शोकीको सभापतित्वमा भएको थियो । सभापतिको आसन ग्रहण गर्ने क्रममा लेखकले ब्रम्हाण्डमा देवादिदेव महादेव भए पनि एउटै व्यक्तिलाई सम्मान गर्नु पर्छ, त्यो हो आमा, आज ज्येष्ठ नागरिक दिवसको अवसर पनि भएकोमा आमालाई प्रमुख अतिथि बनाएको बताउनु भयो ।

उक्त कार्यक्रममा विशेष अतिथिहरु बरिष्ठ सिनेकर्मि निर्देशक नीर शाह, बरिष्ठ गीतकार, गजलकार कृष्णहरि बराल, भू.पु मुख्य सचिव निर्वाचन आयुक्त केशवराज भण्डारी, “कलम यसरी चिप्लियो” पुस्तकका प्रकाशक मदन बहादुर डंगोल र “मनको यात्रा ः अविश्रान्त पाईला”का प्रकाशक विश्वलक्ष्मी डंगोलले एकैचोटि पाँचवटा पानसका दीप प्रज्ज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । त्यस्तै दुईटा पुस्तक ६ जनाले एकैचोटि विमोचन गर्नु भएको थियो ।

उक्त कार्यक्रममा उपस्थित सबैजनालाई बिना महर्जनले स्वागत मन्तव्यबाट स्वागत गर्नु भएको थियो । विशेष अतिथि नीर शाहले लेखकसँग आफ्नो लामो समयदेखि चिनजान भएको र एक दुई पल्ट भेट्दा नै उहाँबाट म प्रभावित भएको थिएँ । उहाँमा लेखकीय विशेष गुण रहेको मैले पाएको छु ।

त्यस्तै बरिष्ठ समालोचक, गीतकार एवं गजलकार प्रा.डा.कृष्णहरि बरालले पुस्तकको समिक्षा गर्ने क्रममा “कलम यसरी चिप्लियो” कविता संग्रहका लेखक अशोक भित्रको कविले मान्छेभित्र अर्को मान्छे पनि हुन्छ भन्ने बुझेको छ र भित्रको मान्छे बाहिरको भन्दा पनि चर्को हुन्छ भन्ने धारणा छ । यो द्वन्द्व मान्छेको चेतन र अचेतन बीचको हो भन्नुभयो ।

उक्त कार्यक्रममा लेखक शोकीले आफ्नै शब्द, स्वर र संगीतले भरिएको गीत पनि प्रस्तुत गर्नु भएको थियो ।
बहुप्रतिभाशाली शोकीको उक्त गीतलाई सबैले मन पराएका थिए । धन्यावाद ज्ञापन प्रकाशक मदनवहादुर डंगोलले गर्नु भएको थियो ।

No comments:

Post a Comment