Sunday, May 19, 2013

ईसास भक्तपुरको सम्हेबजी कार्यक्रम सम्पन्न

ईसास भक्तपुरको सम्हेबजी कार्यक्रम सम्पन्न

भक्तपुर, २१ गते शनिबार । ईन्द्रेणी साँस्कृतिक समाज भक्तपुरको मायाको चिनो बाँड्ने र सम्हेबजी कार्यक्रम हिजो एक  समारोह गरेर सम्पन्न भएको छ । कार्यक्रमा प्रमुख अथितिका रूपमा एनेकपा (माओवादी) को केन्द्रीय वैकल्पिक सदस्य दिलिप महर्जन, विशेष अतिथिका रूपमा केन्द्रीय वैकल्पिक सदस्यद्वय भाष्कर प्रधानाङ्ग, अने जनसाँस्कृतिक महासंघका संयोजक घनश्याम शर्मा पौड्याल र सदस्य मातृका पोखरेल उपस्थित थिए । 

त्यस्तै उक्त कार्यक्रममा एनेकपा (माओवादी) भक्तपुरको कार्यालय डीपी ढकाल, पे्रम लामा, सन्तोष राजभण्डारी, ओमचरण अमात्य, ओम वाग्ले, कृष्णलाल गोजा, नेवाः राज्य समितिका कृष्णहरि सैजु, भावना, बविता, सुनिल बासु अतिथिका रूपमा सम्बोधन गरिएको थियो । साथै भक्तपुरका लक्ष्मीभक्त शिल्पकार, दिनेश भुजु, सानु सुवालका साथै भक्तपुर नगर पालिकाभित्रका नवनिर्वाचित अध्यक्ष, सचिव र वडा प्रतिनिधिहरूलाई पनि अतिथिका रूपमा बोलाइएको थियो । उक्त कार्यक्रममा मुख्य अतिथि दिलिप महर्जनले नेवाः राज्यका लागि नेवारहरू नै जुर्मुराउनुपर्ने कुरामा जोड दिँदै त्यसका लागि सङ्घीयता पक्षधर पार्टीलाई जनताले रोज्नुपर्ने बताउनुभयो । गत वर्ष दसैको एकादशिको दिन एनेकपा (माओवादी) का अध्यक्ष प्रचण्ड मुख्यअतिथि बनेर सम्पन्न भएको उक्त ईसाँसको कार्यक्रममा सहयोग गर्ने विभिन्न संघसंस्था, क्लब, स्कुल र महानुभावहरूलाई मुख्य अतिथि दिलिप महर्जन र अतिथिहरूले मायाको चिनो र प्रमाणपत्र प्रदान गर्नुभएको थियो । स्वागत मन्तब्य श्याम गोरा, कार्यक्रम सञ्चालन अगिब बनेपालीले गरेको उक्त ब सम्हेवजी कार्यव्रmम ईसाँसका अध्यक्ष तुल्सीभक्त सुवालको सभापतित्वमा सम्पन्न भएको थियो ।    

No comments:

Post a Comment