Sunday, May 19, 2013

मैले छाड्दा झलनाथको ढाड भाँचियो

मैले छाड्दा झलनाथको ढाड भाँचियो

एमाओवादीका नेता रामचन्द्र झाले आफूले एमाले परित्याग गरेका दिन झलनाथ खनालले किन ढाड भाँचेको भनेर चार पटक फोन गरेको बताउनु भएको छ । 

‘मैले एमाले परित्याग गरेको दिन झलनाथजीले चार पटक फोन गर्नुभो’ इटहरीमा गत बुधवार आयोजित सभामा नेता झाले भन्नुभयो, “अहिले चुनावको मुखमा किन यसो गर्नुभो, हाम्रो त ढाडै भाच्चियो । कि पहिल्यै गरेको भए हुन्थ्यो कि चुनावपछि गर्नुपथ्र्यो भन्नुभयो ।” खनालको प्रश्नको जवाफमा आफूले सही समयमा सही निर्णय गरेको सुनाउनुभयो । उहाँले आफूहरुले उठाएको एजेण्डाहरू सम्बोधन गर्न खनालले खोजे पनि झापा क्याम्पले विरोध गरेपछि झलनाथको परालको खुट्टा लरबएिको बताउनुभयो ।

अधिकांश समय एमालेलाई गाली गर्न खर्चिएका झाले कांग्रेस र मधेसवादी दललाई समेत छाड्नुभएन । एमाओवादीका नेता झाले कांग्रेसले मधेसलाई आफ्नो चरण क्षेत्र बनाउन खोजेको आरोप लगाउनु भयो । ‘मधेस कांग्रेसको चरण क्षेत्र होइन आफ्ना छाडा पशुहरूलाई छाडेर नष्ट गर्ने धृष्टता नगर्नुस्” झाले भन्नुभयो, “मधेसमा स्वाभिमानको बालीले टुसा हाल्न थालेको छ । आफ्ना छाडा साँढेहरू नछोड्नुस् ।”

मधेसी दलहरू भ्रष्टाचारी भएको भन्दै उहाँले भन्नुभयो, “उहाँहरू जहाँ पाउने, त्यही नाक डुबाएर खाने हो । भ्रष्टाचारमा डुब्नु भएको छ ।” पछिल्लो समय एमाले अध्यक्ष झलनाथ खनालले मोहन वैद्य किरणलाई उकासेको भन्दै सचेत रहन आग्रह गर्नुभयो ।

स्रोत अनलाईन खबर डट कम

No comments:

Post a Comment