Sunday, May 19, 2013

उपत्यकाव्यापी कविता प्रतियोगिता सम्पन्न

उपत्यकाव्यापी कविता प्रतियोगिता सम्पन्न

भक्तपुर, २१ गते शनिबार । अखिल नेपाल लेखक संघ, भक्तपुरको आयोजनामा उपत्यकाव्यापी कविता प्रतियोगिता भक्तपुरको अरनिको सभा भवनमा सम्पन्न भएको छ । जनसाँस्कृतिक महासंघका संयोजक घनश्याम शर्मा पौड्यालको मुख्य आतिथ्य र विशेष अतिथि एनेकपा (माओवादी)का केन्द्रीय सदस्यद्वय देवेन्द्र पौडेल ‘सुनिल’ र नारायण दाहालका साथै केन्द्रीय वैकल्पिक सदस्यद्वय भाष्कर प्रधानाङ्ग र दिलिप महर्जन उक्त प्रतियोगितामा उपस्थित भइ कविता श्रवण गरेका थिए । त्यस्तै जनसाँस्कृतिक महासंघका कार्यालय सदस्य मातृका पोखरेल, बलराम तिम्सिना, अनेलेसंघ नेवाः राज्य संयोजक जीवन सलाम, अने जनसाँस्कृति महासंघ नेवाः राज्य संयोजक राजु स्याङताङ, केन्दीय सदस्यहरू इन्द्र विसङ्खे, राजन दोङ, अनेलेसंका केन्द्रीय सदस्य विष्णु भण्डारी, अनेलेस काठमाडौँका अध्यक्ष माधव घिमिरे ‘अटल’, सस्दय पार्थ पनि उक्त प्रतियोगिताका साक्षी थिए । उक्त प्रतियोगितामा वाचित कविताहरू मध्य पाँच उत्कृष्ट हुनेहरूमा केवल विनामीको ‘भो ! काजी म अछुतै सही’, दिलासा आचार्यको ‘विजयको वसन्त’, सुमा श्रेष्ठको ‘द्वन्द्व’, अन्जली सैंजुको ‘देस’ र शिव भुसालको ‘मान्छे र रोवर्ट’ रहेका थिए । 

उत्कृष्ट हुने स्रष्टाहरूलाई प्रमाणपत्र मुख्यअतिथि घनश्याम शर्मां पौड्यालले, पुस्तक पुरस्कार दिलिप महर्जनले र नगद पुरस्कार जीवन सलामले दिनुभएको हो । जनीकुमार राईले स्वागत, लक्ष्मण सुजखुले धन्यवाद र श्याम त्वायनाले सञ्चालन गरेको उक्त कार्यक्रम अखिल नेपाल लेखक संघ, भक्तपुरका अध्यक्ष अगिब बनेपालीको सभापतित्वमा सम्पन्न भएको थियो ।

No comments:

Post a Comment