Sunday, May 19, 2013

कीर्तिपुरमा मुलबासी नागरिक समाजद्वारा संघर्षको गठन

कीर्तिपुरमा मुलबासी नागरिक समाजद्वारा संघर्षको गठन



मुलवासीहरूको हक अधिकारको लागि गठन भएको मुलबासी नागरिक समाजको वैठक गत बैशाख २१ गते कीर्तिपुर अमल्सिस्थित तुयू लुमन्ति दबू हलमा सम्पन्न भयो । उक्त बैठकले निम्न बुँदाहरू निर्णय गरेको छ ।

१. जेष्ठ १५ गते विहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म मुलवासी नागरिक समाजको राष्टिूय भेला कीर्तिपुरमा अवस्थित नेपालभाषा एकेडेमिमा सम्पन्न गर्ने 

२. कीर्तिपुरमा बाटो फराकिलो गर्ने निहुँमा कीर्तिपुरका मुलबासिहरूलाई विस्थापित गर्ने कामको प्रतिरोध गर्न संघर्ष समिति गठन गरियो । 

जसमा संयोजक कृष्णहरि महर्जन, सदस्यहरूमा महेश श्रेष्ठ, कीर्तिपुर, विधु कायस्थ, जगदीश महर्जन, विश्व महर्जन, रति महर्जन, गीता महर्जन, भुवनेश्वर श्रेष्ठ, ज्ञानेश्वर महर्जन, पुष्प महर्जन, कृष्णवहादुर महर्जन, भाइलाल महर्जन, रमेश पौडेल, सरल गोपाल महर्जन, चित्रवहादुर घर्ती मगर

३. मुलबासी आन्दोलनलाई सशक्त बनाउन सदस्यहरूको क्षमता अभिबृद्धि गर्न विभिन्न प्रशिक्षणहरूको आयोजना गर्ने,

४. मुलबासी नागरिक समाजले लाहुर्निप लगायतका विभिन्न संघ संस्थासँग सहकार्य गर्दै मुलबासीहरूको हक अधिकारको संरक्षण गर्ने कार्यको लागि रणनीतिक योजना निर्माण र कार्यान्वयन गर्ने निर्णय भयो ।

उक्त वैठकमा लाहुर्निपका सचिव अधिवक्ता शंकर लिम्बु, सदस्य अधिवक्ता सन्तोष राना मगर, कार्यक्रम संयोजक प्रविण शाक्यका साथै कीर्तिपुरका मुलबासीहरूको उपस्थिति थियो ।

No comments:

Post a Comment