Sunday, May 19, 2013

बाघभैरव बोर्डिङ्ग स्कूलमा स्वास्थ्य शिविर

बाघभैरव बोर्डिङ्ग स्कूलमा स्वास्थ्य शिविर


कीर्तिपुर नगरपालिका वडा .नं.१७ नयाँबजारस्थित बाघभैरव इङ्गलिस बोडिंङ्ग स्कूलले स्कुलको प्रांगणमा गत बैशाख २० र २२ गते दुई दिने स्वास्थ्य शिविरको आयोजना गरिएको थियो । शिवज्योति हस्पिटल र बाघभैरव स्कूलको संयुक्त आयोजनामा भएको उक्त स्वास्थ्य शिविरमा विद्यालयका विद्यार्थीहरूको दन्त परिक्षण, फिजिसियन, बाल रोग, ब्लड ग्रुपिङ्गको परीक्षण भएको  थियो ।

शिविरमा डा. श्यामसुन्दर मिश्र, डा.श्रृष्टी रौनियार, डा. परशुराम घिमिरे, डा. कृष्ण थापा, डा. दुर्गा काफ्लेले परीक्षण गरिएका थिए । सहयोगीहरूमा मेडिकल टेक्नोलोजिष्ट राजु लामा, ल्यायब असिस्टेन्ट वीनिता श्रेष्ठ, डेन्टल हाइजनिष्ट रश्मी श्रेष्ठ, स्टाफ नर्सहरू दीपा राई, नम्रता ढुंगाना, सुलोचना घिमिरे, प्रवीणा राजकर्णिकार रहनु भएको थियो ।

स्वास्थ्य परीक्षणमा साधारण समस्या भएकाहरूलाई निशुल्क औषधी वितरण गरिएको थियो । रगत परीक्षण समेत निशुल्क गरिएको थियो । स्वस्थ विद्यार्थीले आफ्नो पढाईलाई निरन्तरता दिन सकिने र साना तिना रोग लागेको बेवास्ता गर्दा पछि समस्या आउन सक्ने भएकोले स्वास्थ्य परीक्षण गराइरहनु पर्ने आवश्यकता भएकोले यो स्वास्थ्य शिविरको आयोजना गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राममान सिंहले बताउनु भयो ।

आफ्नो विद्यालयका विद्यार्थीहरू पढाई मात्र होइन स्वास्थ्यको पनि ख्याल राख्नु विद्यालयको जिम्मेवारी भएको विद्यालयका प्रिन्सिपल टंक निरौलाले बताउनु भयो ।

No comments:

Post a Comment