Sunday, May 19, 2013

वातावरण संरक्षण समाजको प्रथम साधारण सभा सम्पन्न

वातावरण संरक्षण समाजको प्रथम साधारण सभा सम्पन्न


कीर्तिपुर क्षेत्रको वातावरण संरक्षण र सरसफाईको लागि गठन भएको संस्था जिल्ला प्रशासन कार्यालय काठमाडौंमा २०६९ कार्तिक १५ गते दर्ता भएको वातावरण संरक्षण समाज पाँगा, कीर्तिपुरको प्रथम साधारण सभा चैत ३१ गते भएको   थियो ।

संस्थाका संस्थापक अध्यक्ष शंकर डंगोलको सभापतित्वमा भएको उक्त सभाको संचालन सचिव चन्द्रमाया महर्जन, स्वागत मन्तव्य उपाध्यक्ष मेनूका महर्जनले दिनु भएको थियो । प्लास्टिकलाई निषेध गर्न सके आधा फोहर कम हुने जानकारी दिनु हुँदै उहाँले बजारमा सामान किन्न जाँदा घरबाटै झोला लिएर जान अनुरोध गर्नु भयो ।

सरव कुमार महर्जनले संस्थाको उद्देश्य र औचित्यबारे जानकारी दिनुभयो । संस्थापक अध्यक्ष शंकर डंगोलले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो । नेपाल सरकार र भवन विभाग वातावरण शाखाको प्रस्तावना अनुसार कीर्तिपुर शहरको वातावरण संरक्षण कार्यक्रमलाई नमूनको रुपमा वातावरण सफा सुग्घर तथा हराभरा बनाई देखाउने मुख्य उद्देश्य रहेको छ । यो कार्यक्रम पाँगा महिला वचत तथा ऋण  सहकारी संस्था लि.को सक्रियता र पहलमा गठन भएको हो । 

हाललाई पाँगा क्षेत्रमा वातावरण संरक्षण कार्यक्रम लागु हुने जानकारी दिनुहुँदै आवश्यकताको आधारमा पछि अरू ठाउँमा पनि विस्तार गर्ने बताउनु भयो ।

त्यसपछि नेतृत्व चयनको लागि प्रकाश राम महर्जनको संयोजकत्वमा मन्दिरा महर्जन र रविना महर्जन तीन जनाको निर्वाचन समिति बनाइएको थियो । निर्वाचन समितिले ११ सदस्यीय समिति सर्वसहमतिबाट गठन भएको जानकारी दियो । जसमा

अध्यक्ष– शंकर डंगोल, 
उपाध्यक्ष— मेनूका महर्जन, 
सचिव— चन्द्रमाया महर्जन, 
कोषाध्यक्ष— बीना महर्जन, 
सदस्यहरूमा—रजनी महर्जन, 
मन्देवी महर्जन, 
मधूनानी महर्जन, 
नजरराम महर्जन, 
इन्द्रमान महर्जन, 
मथुरा महर्जन र 
सरव कुमार महर्जन रहेका छन ।

No comments:

Post a Comment