Sunday, May 19, 2013

निषेधको राजनीतिलाई पूर्ण विराम दिउँ

निषेधको राजनीतिलाई पूर्ण विराम दिउँ

अमन महर्जन

म सकारात्मक सोच राख्ने एक राष्ट्रवादी नेपाली हूँ र राष्ट्रियताको निम्ति राजसंस्थाले खेल्न सक्ने भुमिका कुनै पनि दल वा संगठनले खेल्न सक्दैन भन्ने मेरो ठम्याई छ । अझै स्पष्टसँग भन्नु पर्दा राजसंस्थाको समर्थन गर्ने दल अझै बढी राज संस्था प्रति मलाई ठूलो विश्वास र भरोसा छ । तर अहिलेको अन्तराष्ट्रिय परिवेश सुहाउँदो बहुदलिय व्यवस्थालाई अस्वीकार गर्नु पनि देशको निम्ति घातक नै हुनेछ ।

मलाई राम्रोसँग थाहा छ नेपालको सन्दर्भमा पंचायतकाल एक स्वर्णिम काल हो । जुन समयमा नेपालको औद्योगिकरण र आधुनिकीकरणको सुरुवात भएको थियो र अन्तर्राष्ट्रिय समुदायमा नेपालको गौरवपूर्ण इज्जत र सम्मान पनि थियो । तर त्यस बखत असन्तुष्ट पक्षलाई पनि शासन पद्धतिमा सामेल गराउन नसक्नु कमजोरी थियो । जसको कारण भारतले असन्तुष्ट पक्षलाई आफ्नो चाहना अनुसार प्रयोग गर्ने अवसर पायो र २०४६ पछि आफु अनुकुलका धेरै निर्णयहरू गराउन सफल पनि भयो ।

२०४६ पछि मुलुकको बागडोर सम्हालेको दल कांग्रेसले विशेष गरि शाही नेपाली सेना प्रति गरेको अविस्वास र कम्युनिष्ट प्रति गरेको अनुदार व्यवहारको कारण मुलुक १० वर्षे द्वन्द्वमा फस्न गयो । कांग्रेसको अविस्वास र अनुदार व्यवहारबाट असन्तुष्ट पक्षलाई भारतले फेरि दोस्रो पटक आफू अनुकुल प्रयोग गर्ने मौका पायो र त्यस पश्चात नेपाली राजनीतिमा प्रत्यक्ष रुपमा हात हाली मुलुकको एकमात्र स्थिर राष्ट्रवादी शक्ति राजसंस्थालाई नै पतन गराउन सफल भयो । अब फेरी राजसंस्थालाई पुनस्र्थापित गर्ने नाममा कुनै पनि विदेशी शक्तिले हामीलाई आफू अनुकुल प्रयोग गर्ने मौकाको खोजि गर्न सक्छन्, जसबाट बच्नको निम्ति सबै नेपाली एक ठाउँमा उभिनै पर्दछ र विगतका कमि कमजोरीलाई उपयोग गरि विदेशीले उठाएको फाइदाबाट पाठ सिक्नै पर्दछ ।

निषेधको राजनीतिलाई पूर्णविराम दिइ एकले अर्काको अस्तितवलाई स्वीकार गरी राजा सहितको बहुदलिय संसदीय प्रजातान्त्रिक शासन पद्धतिको बाटोमा आउनै पर्दछ । अन्यथा सिद्धान्तको लडाई कै कारण राष्टूको पहिचान नै समाप्त हुन सक्दछ । ...

No comments:

Post a Comment