Friday, May 3, 2013

जनसेवा उच्च मा.वि.मा प्राविधिक विषय पढाइने

अंक ९१ ने. सं. ११३३ चौलागा खष्ठी बुधवाः २०७० बैशाख १८ गते बुधवार May 1, 2013

जनसेवा उच्च मा.वि.मा प्राविधिक विषय पढाइने

जनसेवा उच्च मा.वि. पाँगामा शैक्षिक सत्र २०७० देखि प्राविधिक तथा व्यावसायिक शिक्षा इन्जिनियरिङ्ग विषय अन्तर्गत इलेक्ट्रिकल इन्जिनियरिङ्ग कक्षा संचालन हुने भएको छ ।

नेपाल सरकार शिक्षा विभाग विद्यालय व्यवस्थापन (मा) शाखा सानोठिमी भक्तपुरको पत्र संख्या १०/०६९/०७० च.नं. ३३६ मिति २०७०//५ को पत्रद्वारा विद्यालयमा प्राविधक तथा व्यावसायिक शिक्षा सञ्चालन गर्न अनुमति दिइएको हो । प्राविधिक तथा व्यावसायिक शिक्षा इन्जिनियरिङ्ग विषय अन्तर्गन इलेक्ट्रिकल इन्जिनियररिङ्ग कक्षा ९ देखि पढाइ हुने भएको छ । 

नेपाल सरकारले नमूनाको रुपमा प्रत्येक जिल्लामा एउटा सामुदायिक विद्यालयमा सो अध्ययन गराउन दरखास्त आव्हान गरे बमोजिम दरखास्त राखेर काठमाडौं जिल्लामा जनसेवा उच्च मा.वि.ले मात्र अनुमति प्राप्त गर्न सफल भएको छ ।

उक्त प्राविधिक कक्षामा न्यूनतम २० देखि अधिकतम ४८ जना ९ कक्षाका विद्यार्थीले अध्ययन गर्न पाउने छन् । पाठ्यक्रममा अनिवार्य अंग्रेजी, अनिवार्य गणित, विज्ञान र नेपाली भाषा गरी चार विषमा ४०० अंक अरू प्राविधिक तथा व्यवसायिक विषयमा ६०० अंकको पाठ्यक्रम हुनेछ । जसमा ४० प्रतिशत प्रयोगात्मक र ६० प्रतिशत वस्तुगत परीक्षा हुने प्राचार्य नन्दकुमारी महर्जनले जानकारी दिनु भयो । उक्त विषय पढ्न चाहने विद्यार्थीहरूबाट निवेदन आव्हान गरिएको छ । निवेदन दिएका विद्यार्थीहरूमध्येबाट प्रवेश परीक्षा लिने छ । प्रवेश परीक्षामा कक्षा ८ कै पाठ्यक्रमबाट परीक्षा लिइने छ । जसमा सबभन्दा बढी अंक लिने क्रमसंख्या १देखि ४८ सम्मलाई भर्ना लिइने जनाईएको छ ।

अर्कोसालदेखि कक्षा १० मा पनि पढाई हुने भएको छ । कक्षा १० पढेर एस.एल.सी. परीक्षा पास गर्नेलाई त् क्ीऋ पास नामाकरण दिइ कक्षा ११ र १२ मा पनि अध्ययन गरी पास हुनेलाई ओभरसियरको मान्यता मिल्ने र त्यसपछि इन्जिनियरिङ्ग पनि पढ्न पाउने व्यवस्था भएको जनाइएको छ ।

यो शिक्षा आर्जन गर्नेले बेरोजगारी बस्नु नपर्ने देखिन्छ । प्राविधिक विषय भएकोले रोजगार पाउने अवसर धेरै रहनेछ ।

No comments:

Post a Comment