Friday, May 3, 2013

उपासकमा हुनुपर्ने गुण र आचरण

अंक ९१ ने. सं. ११३३ चौलागा खष्ठी बुधवाः २०७० बैशाख १८ गते बुधवार May 1, 2013

उपासकमा हुनुपर्ने गुण र आचरण

बाबुराम महर्जन, नगाउँ, की.न.पा. १६

मानिस धर्म भनेपछि नत मस्तक हुन्छ । आस्तिक स्वभाव भएका हुन्छन् । मानिस हुन पनि पहिलेका धर्म र संस्कार अंगालेको हुन्छ । सत्य धर्म कतिको अंगालेको हुन्छ । बृद्ध धर्ममा लाग्नेलाई उपासक धर्मावलम्बीको संञा दिन्छ । चाहे आवरण मात्रको किन नहोस् धर्मको नामले अवसर धर्म बेचेर व्यक्ति फाईदा नीजि स्वार्थमा भुल्नु आदि वस्त्रले आकर्षण गर्नु नाम मात्रको धर्म भनिन्छ ।

बुद्ध वचनमा भनेका छन जस्तो बोल्छ उस्तै काम गर । बोलि र व्यवहार फरक गर्ने, कुरा र काम फरक नगर अहिलेका उपासक धर्माबलम्बी कुराले एउटा व्यवहारले अर्को देखाउने दाँत र चपाउने अलग अलग गर्छ । त्यस्तालाई कदापि उपासक भनिंदैन । शील स्वभाव दैनिक जीवन व्यवहार कर्तव्य कस्तो ? कतिको शुद्ध छ ? नदि किनाराको बकुल्ला हो कि त्यो पनि ख्याल गर्नुपर्छ । आजकल धर्मका नाममा विभिन्न थरीका आइरहने देखिन्छ । कोही नाचगान, कोही पुजापाठ होम, प्रवचन गीतको माध्यमले पनि आकर्षण गर्ने त्यस्ताको गुण अवगुण त्यस्मा कतिको सत्य निस्था व्यवहार चालचलन हेराई बुझाई आदिबाट पहिचान आवश्यकता पर्दछ । आपूmले गर्नु पर्ने के कतिको पालना गरेको छ । अघि पछि बुझ्नुपर्छ, के कस्तो अवस्थाको मानिस कस्तो बानि व्यहोरा सुखी जीवन बिताउन मानो धर्ममा लागेदेखि सेवा र मेवा आदि देखा परिन्छ । धर्ममा लाग्दा कर्म वचन वाचा कतिको पालना गर्नु पर्छ ? माने ज्ञानी ध्यानले गर्दा न्यानो महसुस भै न जाडो न गर्मी मतलब हुँदैन । जिउभरी लेउ लागेको हुन्छ तर पनि ध्यानबाट विमुख हुँदैन, “कर्मका लेखा मिचेन । किसी से कर्म करताद्वारा मैया पिगला” भनेझै कर्ममा लेखिराखेको कामकुरो कसैले मेट्न सक्दैन कर्मकै मुल द्वार हो, जीवनमा सुकर्म गरिराखेको भए कहिल्यै दुःख हुँदैन कु कर्म गर्ने सधैंभरि दुःखै दुःखले सताएको हुन्छ त्यसो गरे पनि हुँदैन उसो गरेपनि हुँदैन राम्रो विचार भावना कहिल्यै उब्जदैन ।

शुद्ध अशुद्ध थाहा पाउन चाल्नीमा पानि छान्ने हुनुपर्छ अनि साँच्चिकै शुद्ध धर्ममा मुकुट धारी थाहा हुन्छ ।

महान विचार ज्ञानी महात्माको  

साना–ठुला, बुढा–बुढी, केटा –केटी, काला–गोरा, अग्ला–हाचा, मतवाली–तागाधारी सवै मानिस हुन्, तर सबै मानिसमा आ–आफ्नै खालका गुण र अवगुण हुन्छ ।

जन्मदाँ कोही पनि ठूलो साना भएर जन्मिदैन, सबै समान हुन्छ । समान भए पनि सबैका आफ्नै खालका आनि बानि जात थर र धर्म हुन्छ ।

नराम्रो विचार भावनालाई त्याग्नु पर्छ, यहि नै महान धर्म हो । ध्वांगे धर्म गरेर कहिले पनि पार लगाउन सक्दैन

आमाको गर्भबाट मुक्त हुन सक्नु नै बुद्धले देखाएको बाटो पहिल्याउने उपासक हुन्, जन्म मरनबाट जवसम्म छुटकारा पाउन सक्दैन, तवसम्म पृथ्वीमा घुमी रहनु पर्ने हुन्छ ।

No comments:

Post a Comment