Saturday, May 18, 2013

मंगल उच्च मा.वि.को भर्ना अभियान

मंगल उच्च मा.वि.को भर्ना अभियान 



बैशाख महिना स्कूलमा नयाँ शैक्षिक सत्र सुरु हुने महिना हो । स्कूलहरूले आफ्नो स्कुलको बारेमा प्रचार प्रसार गरी बढीभन्दा बढी विद्यार्थी भर्ना गर्ने अभियानको रुपमा सञ्चालन गर्ने गर्छ । यो जिल्ला शिक्षाको नीतिमा पनि रहेको छ ।

कीर्तिपुर नयाँबजारस्थित सामुदायिक विद्यालय मङ्गल उच्च मा.वि.ले पनि गत बैशाख १८ गते मई दिवसको विदाको दिनलाई सदुपयोग गर्दै भर्ना अभियान प्रचार प्रसार ¥यालीको आयोजना गरी कीर्तिपुरको विभिन्न स्थानमा परिक्रमा गरियो । विद्यालयका शिक्षक/ शिक्षिकाहरू/ विद्यार्थीहरूको संयुक्त -यालीमा बाजागाजा सहित परिक्रमा गरिएको थियो । उक्त अवसरमा विद्यालयले आफ्नो परिचय दिनुको साथै विद्यालयको विशेषताहरू उल्लेखित पर्चा पनि वितरण गरिएको थियो ।

विद्यालयले आफ्नो दूरदृष्टिमा बौद्धिक एवं अतिरिक्त क्रियाकलापको माध्यमद्वारा दक्ष, स्वाभिमानी, मेहनती एवं स्वस्थ विद्यार्थी तयार गर्न बाल मैत्रीपूर्ण वातावरण तयार गरी एक सुविधा सम्पन्न र नमूना विद्यालयको रुपमा विकास गर्दै जाने लक्ष्य राखेको उल्लेख गरिएको छ । उक्त पर्चामा विद्यालयको विशेषताहरू यसरी उल्लेख गरिएको छ —

समुदायद्वारा व्यवस्थापनको जिम्मा लिएर सञ्चालित, –पूर्ण सक्षम तालिम प्राप्त शिक्षक शिक्षिकाहरूद्वारा बालमैत्री वातावरणमा अध्यापन गरिने, –ECD मा मन्टेश्वरी एवं जापानीज शिक्षण पद्धतीद्वारा अध्यापन गरिने, –ECD जापानीज स्वयंसेवीकाको प्रत्यक्ष निगरानीमा संचालन भएको, –अतिरिक्त कक्षा तथा डे–बोडसको व्यवस्था भएको, –SLC परीक्षामा शतप्रतिशत उतीर्ण गराउन सफल, – शैक्षिक भ्रमणको व्यवस्था भएको, –अभिभावकहरूद्वारा कक्षा अवलोकन र कमजोर विद्यार्थीहरूको गृह भ्रमण (Home-Visit) गरिने, –सबै तहमा पूर्ण अंग्रेजी माध्यमद्वारा अध्यापन गरिने, –E  कक्षाको माध्यमद्वारा विज्ञान, गणित जस्तो विषयहरू अध्यापन गरिने, –प्रोजेक्ट विधि प्रयोग गरिने, –उत्कृष्ट सामुदायिक विद्यालय भएको उल्लेख गरिएको छ । 

No comments:

Post a Comment