Saturday, May 18, 2013

आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन–३ उपाधि नेपाललाई

आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन–३ उपाधि नेपाललाई

नवीन महर्जन


बर्मुदामा सञ्चालन भैरहेको आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन–३ को फाइनल खेलमा गत बैशाख २२ गते आइतवार युगाण्डालाई ५ विकेटले पराजित गर्दै नेपाल च्याम्पियन हुँदै आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन–३ उपाधि जित्न सफल भएको छ । यस ऐतिहासिक जित सँगै नेपाल आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन–२ मा बढुवा भएको छ भने आगामी सन् २०१४मा न्यूजिल्याण्डमा हुने विश्वकप छनौट प्रतियोगिताको अन्तिम १० राष्ट्रमा पुग्न सफल भएको छ ।

गत आइतवार सम्पन्न फाइनल खेलमा युगाण्डाले पहिला ब्याटिङ्ग गर्दै १५१ रन बनाइएको थियो । जवाफी ब्याटिङ्गमा नेपालले ३९.२ ओभरमा निर्धारित लक्ष्य पार गर्दै ५ विकेटले विजय भई च्याम्पियन भएको थियो । नेपालको लागि शरद भेषवाकरले ५० रन तथा प्रदिप ऐरिले ६० रनको महत्वपूर्ण योगदान दिइएको थियो । यस ऐतिहासिक सफलता दिलाएको कारण नेपाल सरकारले सहभागी सम्पूर्ण खेलाडिहरूलाई जनही रु. ३ लाख पचास दिने निर्णय गरिएको छ ।  

 यस प्रतियोगिताको शुरुमा नेपालले अमेरिका र युगाण्डासँग लगातार हार व्यहोरिएको थियो । जस्ले गर्दा नेपाली टीमलाई लिगको बाँकि सबै खेलमा जित्नै पर्ने अवस्था थियो र साथै अरु टिमको प्रदर्शन पश्चात मात्र फाइनलमा पुग्नु पर्ने बाध्यता थियो । यी सम्पूर्ण अवस्थालाई पार गर्न नेपाल सफल भएको थियो । तग बुधवार सम्पन्न लिगको तेस्रो खेलमा नेपालले बर्मुदालाई पराजित गर्दै पहिलो जित दर्ज गरेको थियो भने बैशाख १९ गते विहिवार सम्पन्न खेलमा ओमानलार्य पराजित गर्दै लगातार तीन खेल जित्न सफल भएको थियो भने उता लिगमा अमेरिकालाई आयोजक बर्मुदाले पराजित गरेपछि लिगमा उपविजेता भई फाइनलमा पुगेको थियो । जस्ले गर्दा नेपालले लिगमा भोगेको हारको बदला लिंदै युगाण्डालाई आफ्नो वशमा राख्दै ऐतिहासिक जित दिलाएको थियो । 

स्मरणरहोस् सन् २०१४मा न्यूजिल्याण्डमा हुने विश्वकप छनौट प्रतियोगितामा नेपाल लगायत युगाण्डा, स्कटल्याण्ड, केन्या, नामिविया, क्यानाडा, अफगानिस्तान, यूएई, पपुवागिनी र हङकङ विच प्रतिस्पर्धा हुनेछ । यस प्रतियोगिताको विजेता र उपविजेता सन २०१५ मा न्यूजिल्याण्ड र अस्ट्रेलियामा हुने विश्वकप प्रतियोगितामा सहभागि हुनेछ । विश्वकपमा टेस्ट राष्ट्रहरू भारत, पाकिस्तान, श्रीलंका, अस्ट्रेलिया, ईग्ल्याण्ड, न्यूजिल्याण्ड, वंगलादेश, दक्षिण अफ्रिका, जिम्बाबे र वेस्ट इण्डिज सोझै छनौट हुने आइसीसीको नियम छ । त्यसैगरी आईसीसी इन्टर कन्टिनेन्टल कप वान डे क्रिकेटमा शीर्ष दुई टोली पनि विश्वकपमा जाने छन जस अन्तर्गत आयरल्याण्ड र नेदरल्याण्डले प्रवेश पाएका थिए । यस इन्टर कन्टिनेन्टलमा डिभिजन–१ का ६ देश र डिभिजन–२ का शीर्ष दुई टोली सहभागी हुने प्रावधान रहेको छ । डिभिजन–१ मा एक दिवसीय मान्यता प्राप्त राष्ट्रहरूमा नेदरल्याण्ड, अफगानिस्तान, क्यानाडा, आयरल्याण्ड, केन्या र स्कटल्याण्ड छन ।

उता मलेसियामा जारी एसीसी यू–१९ प्रतियोगितामा पनि नेपाली टिमले उत्कृष्ट प्रदर्शन गरीराखेको छ । नेपालले पहिलो खेलमा कुवेतलाई पराजित गरेको छ भने दोस्रो खेलमा कतारलाई ९ विकेटले पराजित      गरेको छ । यसरी क्रिकेट खेलमा नेपालको प्रदर्शन निकै उत्साहजनक रुपमा सफल हुँदै गएको छ । तेस्रो खेलमा बहराइनलाई १९६ रनले       पराजित गर्दै नेपाल सेमिफाइनलमा पुग्न सफल भएको छ ।

No comments:

Post a Comment