Saturday, May 18, 2013

कीर्तिपुरवासीद्वारा अनिश्चितकालीन तालाबन्दी

अंक ९२ ने. सं. ११३३ चौलागा त्रयोदशि बुधवाः २०७० बैशाख २५ गते  बुधवार May 8, 2013
 
भिसि, रजिष्ट्रार, शिक्षाध्यक्ष र सेवा आयोगको कार्यालयमा
कीर्तिपुरवासीद्वारा अनिश्चितकालीन तालाबन्दी

कीर्तिपुर सन्देश





नेवाः स्वायत्त राज्य मंकाः संघर्ष समितिले हिजो मंगलवार त्रिभुवन विश्वविद्यालयको सेवा आयोग (फारम वितरण कक्ष), उपकुलपतिको कार्यालय, शिक्षाध्यक्षको कार्याल र रजिष्ट्रारको कार्यालयमा अनिश्चिकालिन तालाबन्दी गरेको छ । कीर्तिपुरवासीको अग्राधिकार सुनिश्चित नगराई कर्मचारी भर्तिको लागि त्रि.वि. सेवा आयोगले एक पक्षिय रुपमा खुल्ला विज्ञापन गराइएको कार्यका बिरुद्ध नेवाः स्वायत्त राज्य मंका परिषद, कीर्तिपुरको तर्फबाट त्रि.वि.को सेवा आयोगको कार्यालय तालाबन्दी गरि सशक्त संघर्ष पश्चात त्रि.वि. प्रशासनबाट कीर्तिपुरवासीको रोजगारीमा अग्राधिकार सुनिश्चित हुने गरि आवश्यक कर्मचारी भर्ति गरिने प्रतिवद्धताको मसि सुक्न नपाई आफैद्धारा गरिएको सहमतिको खिलाफ पुनः एक पक्षीय ढंगबाट सेवा आयोगबाट कर्मचारी पद पुर्तिको लागि मिति २०७० बैशाख ८ को गोरखापत्र दैनिकमा सार्वजनिक सुचना प्रकाशित गरिएको प्रति विरोध गर्दै मंकाः परिषद्ले तालाबन्दी गरेको हो । मंकाः परिषद्ले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘ बिगतमा नेवाः स्वायत्त राज्य मंका परिषदसँग गरिएको सहमति विपरित कीर्तिपुरवासीको अग्राधिकार सम्बोधन नगरि कर्मचारी भर्तिको प्रक्रिया तत्काल बन्द गर्न त्रि.वि.को उप–कुलपति, रजिष्ट्रार, रेक्टर र सेवा आयोगको कार्यालय मिति २०७० बैशाख २४ गते देखि तालाबन्दी गर्न बाध्य भएका छौं ।’  विभिन्न समयमा भएको संघर्षको क्रममा कीर्तिपुरवासीबाट राखिएका माग लगायत नेवाः स्वायत्त राज्य मंकाः परिषदद्वारा त्रि.वि. समक्ष राखिएको १५ बँुदे माग पुरा गरि विगतमा राज्य र त्रि.वि.संग भएको समझदारी अनुरुप स्थानीय पीडित कीर्तिपुरवासीलाई प्राथमिकता दिई कर्मचारीमा नियुक्तिको लागि परिषदले माग गरेको छ ।

कीर्तिपुरबासीहरुका विगत ५० औं वर्षदेखि थाँतीरहेको समस्या समाधानका निमित्त हुने सार्थक वार्तामा वस्न हरदम तयार छौं तर स्थानिय जनताको मागलाइ बेवास्ता गर्ने आलटाल गर्ने, “फुटाउ र राज गर” भन्ने पुरानो शासकीय मानसिकताबाट स्थानिय जनताको न्यायीक एवंम जायज संर्घषलाई नजरअन्दाज गरेमा जनताको स्वतस्फूर्त संर्घष अझ घनिभूत पार्दै लैजाने र त्यसबाट हुने सम्पूर्ण क्षतिको जिम्मेवार त्रि.वि. प्रशासन स्वयम हुने जानकारी गराउँदछौं । ५० औं बर्षदेखिको उत्पीडन हल गर्न आफ्नो अधिकार प्राप्तिको संघर्षलाई नयाँ उचाईमा पु¥याई आन्दोलनको आँधिबेहरी सृजना गर्न त्रि.वि. पिडित आम कीर्तिपुरवासीमा यस नेवाः स्वायत्त राज्य मंका परिषद, कीर्तिपुर हार्दिक अपिल गर्दछौं । कीर्तिपुरवासीहरुको न्यायपुर्ण आन्दोलनलाई आवश्यक सहयोग गर्न सम्पुर्ण न्यायप्रेमी सरोकारवाला सबै पक्षहरुमा बिशेष अपिल गर्दछौं । 

स्मरण रहोस स्थानिय जनताको रोजगारीमा अग्राधिकार, जग्गाको मुआब्जा लगायतका सम्बन्धमा त्रि. वि. प्रशासन समक्ष विभिन्न चरणमा ज्ञापन पत्र बुझाउने धर्ना, घेराउ, ताला बन्दी जस्ता संर्घषका विभिन्न कार्यक्रम सम्पन्न गर्दा पनि त्रि. वि. प्रशासन नाजवाब र मुकदर्शक भइ बसेको छ ।

No comments:

Post a Comment