Saturday, May 18, 2013

दल दर्ता

अंक ९२ ने. सं. ११३३ चौलागा त्रयोदशि बुधवाः २०७० बैशाख २५ गते  बुधवार May 8, 2013
दल दर्ता

सरब कुमार महर्जन

दोस्रो संविधान सभा निर्वाचनमा भाग लिनको लागि निर्वाचन आयोगले दल दर्ता खोलेको छ । दल दर्ताको पहिलो दिनमा नै दलहरू दर्ता गर्न एकाविहानै निर्वाचन आयोगमा भिड भयो । एकाविहान पुगेर पहिलो नम्वरमा दल दर्ता गर्न पाएकोमा नेकपा एमाले मख्ख भयो रे एकीकृत नेकपा माओवादी दोस्रो भए पछि दुखित    देखियो । जनता हेराहेर भयो । अझ भनौं दल दर्ता गर्ने पहिलो दिनमा दलहरू दल दर्ता गर्न प्रतिस्पर्धा भयो । नेकपा एमालेले पहिलो नम्वर दर्ता गर्न षडयन्त्र ग¥यो भन्ने एमाओवादीको आरोप छ । 

आफू पहिला गएर किन दोस्रो नम्वरमा दर्ता गर्नु प¥यो ? कहाँनिर चतु¥याई पुगेन सोच्न बाध्य भयो । अझ यहाँसम्म भने कि अव एमालेलाई उछिन्न सकिन्न कि भन्ने आशयका अभिव्यक्तिहरू पनि आए ।
हतार हतार आएको पूर्व प्रधानमन्त्री, एमाओवादीको उपाध्यक्ष बाबुराम पनि हिस्स भयो रे । निन्याउरो मुख लगाइयो  रे । जिन्दगीमा पहिलो पटक दोस्रो हुनु प¥यो भनेर होला । 

आजभोलि राप्रपा पनि अति चालख भइसक्यो । हतार हतारमा उनले पनि तेस्रो नम्वरमा दल दर्ता भ्याइहाले उता नेपाली काङग्रेस पनि हिस्स भयो । पहिलो संविधान सभामा दोस्रो हुन सक्नेले दल दर्तामा चौथो हुन पुगेकोमा उनलाई नमज्जा त हुने नै भयो । 

दल दर्ता गर्नको लागि निर्वाचनले निश्चित मापदण्ड बनाएको छ । एउटा नयाँ दल दर्ता गर्नको लागि कम्तिमा दश हजार मतदाताले निवेदनमा दस्तखत गर्नु पर्दछ । दल दर्ता गर्ने क्रम जारी छ तर नेकपा–माआवादी लगायत ३३ दलले दल दर्ता नगर्ने संकेत दिएको छ । दल दर्ता नगरी निर्वाचनमा नगइ सडक सघर्षबाट जनमत बटुल्ने रणनीति बनाएका दलहरूलाई दल दर्ताको खासै अर्थ राखेको छैन । 

अव हेर्नु छ, नेपालमा निर्वाचनमा दर्ता गर्ने दल बढी हुन्छ कि दर्ता नगर्ने दलहरू बढी हुन्छ । वा दल दर्ता गरी निर्वाचनको माध्यमबाट जनप्रतिनिधि भइ जनताको सेवा गर्छन् कि मेवा मात्र खान्छन् वा दल दर्ता नगरी जनताको सेवा गर्छन कि जनता दुःख मात्र दिन्छन् । 

अथव दर्तावाल दल र दर्ताहिन दलहरूबीच हुने ‘तग अफ वार’ मा कुन पक्षले आफूमा तान्न सक्छ वा एकले अर्काेलाई तानेर आफनो पक्षमा तान्ने हो कि ‘हात्तीको झगडामा बाच्छाको मिचाई’ हुने हो हेर्न बाकी छ । 

दलहरूबीच दल दर्तादेखि निर्वाचनसम्म पनि प्रतिस्पर्धा हुने त स्वभाविक नै होला । किन कि सरकारमा गएर नै आफनो कार्यक्रम लागु गर्दछन् वा सरकारमा गएर नै आफनो इच्छा पुरा गर्दछन् तर यहाँ रमाइलो कुरा भनौं वा विडम्वनाको दलहरूले अरू दल भएकोमा देखि सहेको छैन । 

आफनो दल भन्दा अरू दल ठुलो भएको सुन्न र देख्न चाहेको छैन । त्यसैले नेताहरू जनतालाई दिउँसै अँध्यारोमा राख्न चाहन्छन् । प्रचण्ड कामरेड सभामा बोल्न थाले ‘क्रान्तिकारी जनता हो अव यो देशमा नेकपा एमाले भन्ने दल छैन । अव सूर्य कहिले उदाउँदैन । 

यो देशमा आगामी निर्वाचनमा दुईतिहाइ मत हामीलाई चाहियो’ त्यसपछि नेकपा एमालेका अध्यक्ष पनि के कम उनले पनि भन्न थाले ‘ यो देशमा अव मंसिरपछि वा आगामी निर्वाचनपछि एमाओवादीलाई बत्ती बालेर खोज्नु पर्ने हुन्छ’ । जनता सुनिरहेका छन् । जनता निर्वाचन हुन्छन् कि हुँदैनन् आशंकामा छन् । दलहरू भने पहिलो दर्ता गर्ने मख्ख छन्, दोस्रो दर्ता दुःखी छन् । जनताको मत कस्ता आउने हुन् थाहा छैन । यस्तै छन् नेताहरूका चाला, कि कसो ?

No comments:

Post a Comment