Tuesday, April 30, 2013

स्मरणशक्तिको विकास

अंक ८२ ने.सं. ११३३ सिल्लागा दुतिया बुधवाः २०६९ फागुन १६ गते बुधवार Feb 27, 2013
 
स्मरणशक्तिको विकास

मनिका स्थापित, शिक्षिकाः मेगस इङ्गलिस स्कूल, कीर्तिपुर

विद्यार्थीहरूका निम्ति स्मरणशक्ति निकै जरुरी छ । परीक्षामा राम्रो अंक हासिल गर्न पनि स्मरणशक्तिले महत्वपूर्ण भूमिका खेल्दछ । धेरैजसो विद्यार्थीहरू भन्ने गर्दछन् —“मेरो त सम्झना रहँदैन ।” पढेको कुरा भुल्नुको अर्थ मस्तिष्क कमजोर भएर नभै पढेको कुरा प्रति ध्यान नभएर हो । हामी कुनै काम गर्दा शरीर, मन र चेतना एकै ठाउँमा केन्द्रित गर्नुपर्दछ । कक्षामा कुनै विषय पढाइरहेको समयमा विद्यार्थीले उक्त विषयमा मात्र ध्यान दिनु पर्दछ ।

स्मरणशक्ति कमजोर हुने विभिन्न कारणहरू छन् । जस्तैः मस्तिष्कमा आएको जन्मजात विकृति, दुर्घटनाका कारण, शारीरिक अस्वस्थता, क्रोध, चिन्ता, हीनताबोध, एकांकीपन, मस्तिष्कलाई चाहिने आवश्यक पोषणको कमी, दुःखद घटनाका बारे धेरै सोच्नाले, आदि ।

हामी प्राय दुःखद घटनालाई बढी सम्झिरहन्छौं र दुःखी बन्छौं । यसकारण मस्तिष्कमा एक किसिमको तनाव सृजनाले स्मरणशक्तिमा कमी आउँदछ । त्यसैले सुखद घटनालाई पनि संम्झि सकारात्मक बनि स्मरणशक्तिको विकास गर्न सक्छौं । स्मरणशक्तिको विकासको लागि पनि सकारात्मक सोचको बढी जरुरी छ ।

विद्यार्थीहरूले प्रत्येक दिन थोरै थोरै भएता पनि पढिरहनु आवश्यक हुन्छ । विद्यार्थीले प्रत्येक दिन एकाग्र पढ्नुका साथै बढी संम्झनु पर्ने कुरा पुनराबृति गरिरहनु पर्दछ । 

कैयन विद्यार्थीहरू अरु समय त्यतिकै बिताउने तर परिवारको हाराहारीमा दिनको १५–१६ घण्टा लगातार पढिरहने गर्दछ, यसो गर्दा मस्तिष्कमा बनी तनाव रहनाले पढेको कुरा सम्झन एकदम कठिन हुन्छ । 

त्यसैले विद्यार्थीले प्रत्येक दिन पढ्न आवश्यक हुन्छ ।  एक घण्टाको एकाग्र अध्ययन पछि १५–२० मिनेट विश्राम आवश्यक हुन्छ ।

स्मरणशक्ति बढाउनका लागि योगले पनि लाभ पु-याउँदछ । सागपात, ताजा फलफूल, कम चिल्लो भएका भोजनले पनि मानसिब विकासमा मद्दत पु-याउँछ ।

No comments:

Post a Comment