Sunday, February 17, 2013

श्रीपञ्चमी मानन्धर गुथिको दोस्रो साधारण सभा

अंक ८० ने. सं. ११३३ सिल्लाथ्व तृतिया बुधवाः २०६९ फागुन २ गते बुधवार Feb 13, 2013

श्रीपञ्चमी मानन्धर गुथिको दोस्रो साधारण सभा

श्रीपञ्चमी मानन्धर गुथि कुतिसा कीर्तिपुर –६ को दोस्रो साधारण सभा तथा सोही गुथिका गुथियारहरूद्वारा सञ्चालित श्रीपञ्चमी वचत तथा ऋण सहकारी संस्था लिमिटेडको प्रारम्भिक साधारण सभा गत माघ २७ गते शनिवार राराहिल स्कूलको सभाकक्षमा सम्पन्न भयो ।

गुथका अध्यक्ष सिद्धिकुमार मानन्धरको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि केन्द्रिय मानन्धर गुथिका उपसभापति मोहन कृष्ण मानन्धरले पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गर्नु भएको थियो । सचिव राजेन्द्र मानन्धरले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा कीर्तिपुरका विभिन्न जातीय गुठीका प्रतिनिधिहरूले शुभकामना मन्तव्य पनि दिनु भएको थियो । जसमा रामवहादुर महर्जन–देय् गुठी, पूर्ण नापित–नापित गुठी, चक्रवहादुर देउला–देउला गुठी, उमाकृष्ण मानन्धर–मच्छेगाउँ मानन्धर गुठी, इन्द्रायणी सनाः गुठी–रविन्द्रवहादुर प्रधान, न्हुच्छे दर्शनधारी–दर्शनधारी गुठी रहेका थिए ।

उक्त अवसरमा मानन्धर गुठीका गुठीयारहरूको छोराछोरीहरू मध्ये एसएलसी–२०६८मा पास हुने उत्कृष्ट १० जना मध्ये उत्कृष्ट ३ जनालाई नगद पुरस्कारद्वारा पुरस्कृत गरिएको थियो । जसमा सुजिना मानन्धर प्रथम रु.४००० सरु मानन्धर दोस्रो रु.३००० र सुविना मानन्धर तेस्रा रु.२००० रहेका थिए ।

No comments:

Post a Comment