Sunday, February 17, 2013

जिप्रकाको पहलमा पाँगा दोवाटोस्थित चन्द्रोदय फर्मामा शिलबन्दी

अंक ८० ने. सं. ११३३ सिल्लाथ्व तृतिया बुधवाः २०६९ फागुन २ गते बुधवार Feb 13, 2013

जिप्रकाको पहलमा पाँगा दोवाटोस्थित चन्द्रोदय फर्मामा शिलबन्दी


पाँगादोवाटोवाट भागंगल जाने रोडमा कीर्तिपुर मार्केट अगादि रहेको आयुर्वेदिक औषधि पसल चन्द्रोदय फर्मामा जिल्ला प्रशासन कार्यालय काठमाण्डौंले शिलबन्दी गरेको छ ।

गत माघ २५ गते विहिवार जिल्ला प्रशासन कार्यालय काठमाण्डौंका सहायक प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद मरासिनीको नेतृत्वमा आयुर्वेदिक विभाग, औषधी व्यवस्था विभाग र महानगरीय प्रहरी प्रभाग कीर्तिपुरका इन्स्पेक्टर ज्ञानकुमार महत्तोको अनुगमन टोलीले उक्त औषधी पसलमा छापा मारेको थियो ।

आजकाल औषधि पसलहरूमा म्याद नाघेको, डाक्टरको प्रेश्किृप्सन विना नै औषधी बेच्ने गरेको भन्ने व्यापक गुनासो आएपछि अनुगमन टोली खटाइएको हो । सो टोलीले चन्द्रोदय फर्मामा ताला लगाई शिलबन्दी समेत गरि उक्त फार्मका संचालक भूमिराज विष्टलाई गिरिफ्तार गरेको थियो । उहाँलाई एक रात प्रहरी प्रभाग हनुमानढोकामा थुनेर २६ गते प्रमुख जिल्ला अधिकारीकोमा बयान दिन लगाई फागुन ६ गते हाजिर हुने गरी सामान्य तारिखमा छादिएको जानकारी प्राप्त भएको छ । चन्द्रोदय फर्मका संचालक भूमिराज विष्टलाई तारिखमा छादिएको भए पनि पसलमा लगाइएको शिलबन्दी भने तोडिएको छैन ।

No comments:

Post a Comment