Sunday, February 17, 2013

नेपाल रेडक्रस सोसाइटी कीर्तिपुरको छलफल कार्यक्रम

अंक ८० ने. सं. ११३३ सिल्लाथ्व तृतिया बुधवाः २०६९ फागुन २ गते बुधवार Feb 13, 2013

नेपाल रेडक्रस सोसाइटी कीर्तिपुरको छलफल कार्यक्रम

विगत केही महिनादेखि नेपाल रेडक्रस सोसाइटी कीर्तिपुर उपशाखाले नेपाल     रेडक्रस सोसाइटी रक्त संचार केन्द्रको सहकार्यमा कीर्तिपुरको ढल्पास्थित कार्यालयमा रक्त संकलन केन्द्र खोलेको थियो ।

तर उक्त राम्ररी संचालन हुन नसकिरहेको अवस्थामा नेपाल रेडक्रस सोसाइटी कीर्तिपुर उपशाखाले गत माघ २७ गते शनिवार कीर्तिपुर पार्टी प्यालेसमा छलफल कार्यक्रमको आयोजना गरियो ।

उपशाखा सभापति हर्षमान महर्जनको सभापतित्वमा भएको उक्त कार्यक्रममा राजेन्द्र बानियाँ उपसभापतिले स्वागत मन्तव्य दिनुभएको थियो ।

कार्यवाहक सचिव कविन्द्र कार्कीले उपशाखाको गतिविधिहरूको सम्बन्धमा सामान्य जानकारी दिनु भएको थियो ।

रक्त संकलन केन्द्र र यसका गतिविधिहरूको सम्बन्धमा वरिष्ठ प्राविधिक अधिकृत रक्त सञ्चार केन्द्र अनिल महर्जनले  जानकारी दिनुभयो ।

त्यसपछि कीर्तिपुरमा रक्त संकलन केन्द्र सञ्चालन र सो सम्बन्धी समूहगत छलफल भयो । उक्त छलफलको सहजकर्ता सल्लाहकार आकर्षण प्रधान हुनुहुन्थ्यो ।

No comments:

Post a Comment