Saturday, February 2, 2013

मुस्ताङबाट शुरु भएको राजकिय यात्रा

अंक ७८ ने.सं. ११३३ पोहेलागा तृतिया बुधवाः २०६९ माघ १७ गते बुधवार Jan 30, 2013

मुस्ताङबाट शुरु भएको  राजकिय यात्रा

राम महर्जन, नगाउँ, कीर्तिपुर–१६

सानैदेखि पढाईमा प्रथम भएर
देशको लागि मरि मेट्ने रहर बोकेर
माओ चाओ सबैको सिद्धान्त बोकेर
लागिया देशमा केही गर्छु भनेर

साथी संगिनी सबैको साथ पाएकै हो
देशको वागडोर हातमा परेकै हो
रामै्र सोचले काम थालनी गरेकै हो
तैपनि यस्तो दुर्दशा किन भयो कुन्नी ?

कारण के हो घोत्लिएर सोचें
कतै जनता माथि थिचोमिचो हो कि
न द्वन्दमा ज्यादती भयो ?
न विपक्षीहरूको जाल झेल हो ?

अरू केही होइन भट्टराई सरकार
शक्ति दुरुपयोगको पराकाष्ठा हो कि
बाटो विरायको फल हो कि
न पाप धुरीबाट कराएको हो ?

मुस्ताङबाट शुरु भएको राजकिय यात्रा
किन भैरहेछ आफ्नै महाजात्रा
विनास कालको समय छ
विपरीत बुद्धि नगर्दा वेश

No comments:

Post a Comment