Saturday, February 2, 2013

व्यङ्गय कविता : नयाँ नेपाल

अंक ७८ ने.सं. ११३३ पोहेलागा तृतिया बुधवाः २०६९ माघ १७ गते बुधवार Jan 30, 2013

व्यङ्गय कविता

‘नयाँ नेपाल’

किरण भट्ट, कक्षा–८. हिलटाउन स्कुल कीर्तिपुर

कपाल काट्ने बन्चरो त
काठ काट्ने कैंची
बाँ बाँ गर्ने बिरालो त
म्याउँ म्याउँ गर्ने भैंसि ।

जाडोमा प्रयोग गर्ने फ्यान त
गर्मीमा प्रयोग गर्ने हिटर
जाडोमा लगाउने हाप पाइन्ट
गर्मीमा लगाउने सुइटर ।।

बच्चा पाउने कुखुरो त
अण्डा पार्ने हात्ती
नयाँ नेपालको कुरो सकियो
बिदा हुन्छ है साथी ‘

No comments:

Post a Comment