Friday, February 1, 2013

खानेपानी लिमिटेडको के काम ?

अंक ७८ ने.सं. ११३३ पोहेलागा तृतिया बुधवाः २०६९ माघ १७ गते बुधवार Jan 30, 2013

खानेपानी लिमिटेडको के काम ?



काठमाडौं उपत्यका खानेपानी लिमिटेडले पानीको महसुल लिंदा त्यसको आधा रुपैया ढल निकासको भनेर उठाउँछ । धारामा पानी आवस् या नआवस् पानीको महसुल तिर्नै पर्छ । ढल निकासको लागि काउखालिले एक रुपैयाँ खर्च गरेको होस् या नहोस् पानीको महसुल बुझाउन जाँदा त्यसको पनि पैसा तिर्नु पर्छ । पैसा लिएजस्तै ढलको मर्मत सम्भार पनि गर्नु पर्ने हो । तर त्यस्तो केही गर्दैन ।

विगत ४ दिनदेखि कीर्तिपुरको नयाँबजारस्थित ढोकासी टोलमा ढल जाम भएर बाटोबाट  ढल निकासको फोहर पानी बगिरहेको छ । जसले गर्दा बाटोमा हिंड्ने वटुवाहरूले नाक थुनेर हिंड्नु परिरहेको छ भने सवारी साधन आउँदा त्यो फोहर पानीको छिंटाबाट बच्न प्रयास गरिरहनु परेको छ । कीर्तिपुरस्थित खानेपानी कार्यालयमा जानकारी दिंदा पनि कुनै वास्ता गरिएको छैन । जसले गर्दा नयाँबजार क्षेत्र नै दुर्गन्धित भैरहेको छ । यसबाट संक्रामक रोग फैलिन सक्ने सम्भावना पनि त्यतिकै रहेको छ ।

यसरी विग्रेको भत्केको केही नबनाउने खालि पैसा मात्र उठाउने हो भने खानेपानीको के काम भनेर स्थानीयवासीले भन्न थालेका छन । यही रवैया भइरह्यो भने स्थानीयवासीकोे धैर्यताको बाँध फेटेर कुनै नराम्रो घटना भयो भने यसको सम्पूर्ण जिम्मेवारी काउखालिले लिनु पर्ने छ ।

No comments:

Post a Comment