Friday, February 1, 2013

सहिद दिवसको उपलक्ष्यमा इसासद्वारा सहिदप्रति श्रद्धाञ्जली

अंक ७८ ने.सं. ११३३ पोहेलागा तृतिया बुधवाः २०६९ माघ १७ गते बुधवार Jan 30, 2013

सहिद दिवसको उपलक्ष्यमा इसासद्वारा सहिदप्रति श्रद्धाञ्जली



इन्द्रयणी सांस्कृतिक समाज (इसास) कीर्तिपुले हिजो सहिद दिवसको उपलक्ष्यमा श्रद्धाञ्जी कार्यक्रम गरियो ।
इसास कीर्तिपुरका अध्यक्ष वीरप्रसाद भन्सारीको सभापतित्वमा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि प्रा. माणिकलाल श्रेष्ठ हुनुहुन्थ्यो । सहिदहरु गंगालला श्रेष्ठ, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र दशरथ चन्दको तस्वीरमा खादा ओढाएर एक मिनेट मौन धारण गरि श्रद्धाञ्जली अर्पण गरिएको थियो । कलाकारहरु गुजे मालाकार, वीरप्रसाद भन्सारी, मिना महर्जन, प्रमिला महर्जन, रानीशोभा महर्जन र दिपा महर्जनले श्रद्धाञ्जली गित र सहिद सम्वन्धी गितहरु प्रस्तूत गरिएको थियो । तबलामा न्हुच्छे दर्शनधारीले साथ दिएको थियो ।

स्वागत मन्तब्य इसास कीर्तिपुरका उपाध्यक्ष दिलिप महर्जनले दिनु भएको थियो । उक्त अवसरमा रामभक्त महर्जन ‘रमझम’, अर्जुन नेपाःमि र दिलिप महर्जनले कविता वाचन गर्नु भएको थियो । ‘सहिद भनेको देश र जनताको भलाइको लागि एउटा निश्चित उद्देश्यका साथ आफ्नो जीवनको बलिदान दिनेलाई सहिद भन्ने हो ।’ प्रमुख अतिथि प्रा. माणिकलाल श्रेष्ठले भन्नु भयो ‘सहिदको वलिदानलाई पैशाले मोलतोक्दैन । तर आजकाल सहिदको मोल रु दश लाख तोकेर सहिदको उपहास गरिरहेको छ ।’
कार्यक्रम संचालन अशोक भन्सारीले गर्नु भएको थियो ।

No comments:

Post a Comment