Friday, February 1, 2013

नगरपालिकाको कार्यालय सार्न दबाव दिने तगारी

अंक ७८ ने.सं. ११३३ पोहेलागा तृतिया बुधवाः २०६९ माघ १७ गते बुधवार Jan 30, 2013

नगरपालिकाको कार्यालय सार्न दबाव दिने तगारी


कीर्तिपुर नगरपालिकाको कार्यालय कीर्तिपुर नगरको केन्द्र भागमा नहुनाले बहुसंख्यक नगरवासीले कार्यालय पुग्नमा कथिनाई भोग्नु परिरहेकाले नगरपालिकाको कार्यालय केन्द्र भागमा भवन निर्माण संचालन गर्न र गराउन दबाव दिनका लागि गत माघ १६ गते पाँगा चीखु स्थित ए वान पार्टी प्यालेसमा भेला भयो ।

कीर्तिपुर डाँडाका वडा नं. १ देखि ६ सम्म र वडा नं. १७ का गरि जम्मा ७ वटा वडा बाहेक अन्य वडाका करिव ६० जना उपस्थित रहेको उक्त भेलाले विभिन्न राजनीतिक पार्टीका प्रतिनिधि, बुद्धिजीवी र महिला प्रतिनिधि रहने गरि ११ सदस्यीय संयोजन समिति गठन गरिएको छ ।

जस्मा धनबहादुर महर्जन, पुकार महर्जन, शरवकुमार महर्जन, बैकुण्ठ महर्जन, कृष्णहरी महर्जन, दिलबहादुर महर्जन, नारायण महर्जन, अशोक कार्की, राजु बस्नेत, मेनुका महर्जन र लक्ष्मी काफ्ले रहेका छन् ।

उक्त संयोजन समितिको छिट्टै बैठक बसी एक जना संयोजकको चयन गरिने छ । त्यसपछि आफ्ना धारण र माग पत्र तयार गरि फागुन १५ गते भित्र कीर्तिपुर नगरपालिकामा ज्ञापन पत्र बुझाउने भएको छ ।

स्मरण रहोस कीर्तिपुर नगरपालिकाको कार्यालय लामो समयदेखि कीर्तिपुर नगरको पश्चिम सिमाना देवढोका वडा नं. २ मा रहेको छ । जस्ले गर्दा कीर्तिपुर डाँडाका बाहेक नगरवासीलाई अपायक रहेको गुनासो छ ।

No comments:

Post a Comment