Sunday, January 27, 2013

शीर्ष नेताहरु बैद्य, कोइराला, खनाल र ठाकुर किन आएन ?

अंक ७७ ने. सं. ११३३ पोहेलाथ्व द्वादशी बुधवाः २०६९ माघ १० गते बुधवार Jan 23, 2013

शीर्ष नेताहरु बैद्य, कोइराला, खनाल र ठाकुर किन आएन ?

कीर्तिपुरमा भएको नेवाः एकता दिवसमा प्रमुख दलका शीर्ष नेताहरू सहभागी हुने भनी प्रचार गरिएतापनि शीर्ष नेताहरूमा एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड बाहेक अरु नआएको कारण के होला भनी कीर्तिपुरवासीले प्रश्न गर्न थालेका छन् । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक जारी रहेको भनी सो पार्टीका सभापति सुशील कोइराला उपस्थिति हुनु भएन । कांग्रेसभित्रको संघीयताको सवालमा पहिचनलाई आधार मान्नु पर्ने भन्ने कुरामा स्पष्ट दृष्टिकोण राख्दै आएका नेता नरहरी आचार्यलाई पठाएको हुन सक्ने अनुमान गर्न थालेको छ । त्यसै गरी एमालेको तर्फवाट अध्यक्ष झलनाथ खनालको ठाउँमा वैकल्पिक केन्द्रीय सदस्य भएतापनि जीवनराम श्रेष्ठलाई पठाएको    कारण भने नेवार समुदायको भावना जित्नको लागि उहाँलाई पठाएको हुनसक्ने अनुमान गर्न थालेको छ । त्यसै गरी नेकपा—माओवादीका अध्यक्ष मोहन बैद्य किरण पनि पार्टीको बैठक भएको कारणले उपस्थिति हुन नसकेको बताउदै आफ्नो शुभकामना मन्तब्य मात्र पठाएको थियो । मधेसी मोर्चाको तर्फवाट महन्थ ठाकुर भने आफ्नो राजनीतिक थलो उपत्यका नभई मधेस भएका कारणले उपस्थिति नहुनुभएको अनुमान गर्न थालेको छ । जे होस कांग्रेस र एमालेले पहिचानको आधारमा राज्य पुनर्संरचना विरोधी नेताहरुलाई नपठाई पहिचानलाई स्वीकार गर्ने नेताहरुलाई पठाएको कारणले नेवाः समुदायले सकारात्मक रुपमा नै लिएको छ भन्दा केही फरक नर्पला ।

Click to read the magazine pdf

No comments:

Post a Comment