Sunday, January 27, 2013

पार्टीको लाइन भन्दा फरक ढंगवाट प्रस्तूत

अंक ७७ ने. सं. ११३३ पोहेलाथ्व द्वादशी बुधवाः २०६९ माघ १० गते बुधवार Jan 23, 2013

कीर्तिपुरमा नेवाः एकता दिवस भब्य रुपमा सम्पन्न

पार्टीको लाइन भन्दा फरक ढंगवाट प्रस्तूत

कीर्तिपुर सन्देश

नेवारहरूले जनस्तरबाट २०६५ साल पुस ११ गते (पोहेलाथ्व नवमि ११३०) मा नेवाः स्वायत्त राज्यको घोषणा गरेको तिथि पारेर हरेक वर्ष नेवाः एकता दिवस मनाउने क्रममा गत माघ ७ गते कीर्तिपुरको तःगःवपिमा तेस्रो नेवाः एकता दिवस भब्य रुपमा मनाइयो ।

कीर्तिपुरको ताँल्चामा भेलाभै  सुरु भएको सांस्कृतिक ¥यालीले पाँगा, नगाउँ र कीर्तिपुरको विभिन्न ठाउँको परिक्रमा गरी तःगःवःपि (नगाउँ दोबाटो)मा पुगी सभामा परिणत भएको थियो ।

नेवाः स्वायत्त राज्य मंकाः  परिषद कीर्तिपुरको संयोजन र नेवाः स्वायत्त राज्य मंकाः संघर्ष समितिको आयोजनामा भएको कार्यक्रममा प्रमुख राजनीतिक दलका नेताहरूले बोल्नु भएको थियो । नेवाः स्वायत्त राज्य संघर्ष समितिका अध्यक्ष गजेन्द्र मानन्धरको सभापतित्वमा भएको कार्यक्रमको संञ्चालन के.वी. घःजुले गर्नु भएको    थियो । स्वागत मन्तव्य नेवाः स्वायत्त राज्य मंकाः परिषद कीर्तिपुरका अध्यक्ष मण्डलका अध्यक्ष पञ्चलाल महर्जनले दिनु भएको थियो ।

उक्त सभामा एनकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको हरेक राजनैतिक आन्दोलनमा अग्रणी भूमिका निभाउने कीर्तिपुरवासीले उत्पिडित जनताको अधिकारको लागि पनि अग्रणी भूमिका निभाउन अनुरोध गर्नुभयो ।

पहिचान सहितको संघियता र संघियता सहितको संविधानको लागि एमाओवादी अडिग रहेको बताउनु भयो । पहिचान सहितको संघियता विरोधीहरूकै कारण संविधान नआएको बताउदै उहाँले पहिचान सहितको संघियता प्राप्तिको लागि दवाव मूलक आन्दोलन चलाईरहनु पर्ने बताउनु भयो ।

संघिय समाजवादी पार्टीका अध्यक्ष अशोक राईले पहिचान सहितको संघियता र संघियता सहितको संविधान आजको जनताको माग भएकोले यो माग अवश्य पूरा हुने बताउनु भएको छ । संघीय समाजवादी पार्टी संविधानसभा पुनस्र्थापना गरेर संवैधानिक बाटोबाट राजनैतिक सहमति खोज्नु पर्ने पक्षमा रहेको बताउनु भयो ।

नेपाः राष्ट्रिय पार्टीका अध्यक्ष विज्ञान तथा वातावरण मन्त्री डा. केशवमान शाक्यले आफ्नो अधिकार सुनिश्चित गर्नको लागि र प्रतिगामीहरूलाई  खवरदारी गर्न यो नेवाः एकता दिवस मनाउँदै छौं । हाम्रो लक्ष्य प्राप्ती नभएसम्म आन्दोलित भइरहनु पर्ने बताउनु भयो ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य नरहरि आचार्यले नेवाः भनेको नेपालको पहिचान हो । नेवाः बाट नै नेपाल नामाकरण भएको हो । नयाँ संविधानमा पहिचान भएकै संघीयता हुनेछ तर त्यो संघीयता लोकतान्त्रिक मान्यता अनुसार नै हुनेछ । संघीयता भनेको सबैलाई समानता दिइने भएकोले कसैलाई पक्षपात गर्न नहुने बताउनु भयो । पार्टीले नेवाः स्वायत्त राज्यलाई स्वीकार नगरिरहेको अवस्थामा पनि उहाँले नेवाः    राज्यको समर्थन गर्नुभयो ।

नेकपा एमालेका शिर्ष नेतालाई बोलाइएको भए पनि अनुपस्थित रहेर वैकल्पिक केन्द्रिय सदस्य जीवनराम श्रेष्ठलाई पठाईएको थियो । नेकपा एमाले पहिचान सहितको संघीयता पक्षमा नरहेपनि जीवनराम श्रेष्ठले पहिचान सहितको नेवाः राज्य हुनु पर्नेमा जोड दिनु भएको थियो । आफ्नो पार्टीको लाईन भन्दा पनि फरक ढंगवाट उहाँले नेवाः स्वायत्त राज्यको पक्षमा आफ्नो मत राख्नु भयो ।

नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणले पठाउनु भएको शुभकामना पत्र सञ्चालकले पढेर सुनाउनु भएको थियो । उक्त पत्रमा पहिचान सहितको संघीयता आफ्नो राजनैतिक दस्तावेजमा समावेश गरी सकेको हुनाले नेकपा–माओवादी पहिचान सहितको संघीयतामा अडिग रहेको जानकारी दिनु भएको थियो ।
कार्यक्रममा इसास कीर्तिपुरले सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत  गरिएको थियो ।

Click to read the magazine pdf

No comments:

Post a Comment