Saturday, January 26, 2013

दिवसमा कीर्तिपुरवासीको उत्साहजनक सहभागीता

अंक ७७ ने. सं. ११३३ पोहेलाथ्व द्वादशी बुधवाः २०६९ माघ १० गते बुधवार Jan 23, 2013


सम्पादकीय

दिवसमा कीर्तिपुरवासीको उत्साहजनक सहभागीता

श्रीकृष्ण महर्जन

गत पोहेलाथ्व नवःमि अर्थात माघ ७ गते आइतवार ऐतिहासिक नगर कीर्तिपुरमा नेवाः एकता दिवस मनाउन कीर्तिपुरवासीको उत्साहजनक सहभागीता रहेकोले नेवाः स्वाय्त्त राज्यको आन्दोलनमा क्रियाशिल अगुवाहरु उत्साहित भएका छन् । नेवाः स्वायत्त राज्य मंकाः संघर्ष समितिको आयोजनामा र नेवाः स्वायत्त राज्य मंकाः परिषद् कीर्तिपुरको संयोजनमा भएको सो एकता दिवसमा कीर्तिपुरका अधिकांश सांस्कृतिक बाजा समूहदेखि महिला समूहहरु सहभागी भएका कारण एक ढंगवाट कीर्तिपुरवासी नेवाः स्वायत्त राज्य आन्दोलनका लागि एकमत भएको आभाष हुन थालेको छ ।

राजनीतिक रुपमा विभाजित भएपनि नया“ बन्ने संविधानमा आफ्नो हक अधिकार सुनिश्चित गर्न कीर्तिपुरवासी एकजुट हुनका लागि तयार रहेको सो दिवसले सन्देश दिएको छ । कीर्तिपुरमा पहिचानको आधारमा संघीयता अर्थात नेवाः स्वायत्त राज्यको विपक्षमा रहेका स्थानीय नेताहरु पनि नभएको भने हैन । यस्तो अवस्थामा कीर्तिपुरका जनता एकमत भएका   कारण स्वयं प्रमुख राजनीतिक दलका सबै जसो नेताहरुले एउटै स्वरमा नेवाः स्वायत्त राज्यको लागि आफूहरुको प्रतिबद्धता रहेको सन्देश दिएका कारण ती पार्टी जस्ले पहिचानको आधारमा राज्य पुनर्संरचनालाई स्वीकार नगरी अर्थात नेवाः स्वायत्त राज्य अस्वीकार गर्दै आएका नेताहरुको पछि लाग्ने कीर्तिपुरका स्थानीय नेताहरुलाई समेत ठूलो धक्का पुगेको छ ।

नेवाः एकता दिवसको शुभकामना दिने क्रममा कीर्तिपुरमा एकीकृत माओवादी, नेकपा—माओवादी, संघीय समाजवादी पार्टी र नेपाः राष्ट्रिय पार्टीले सार्वजनिक स्थानमा ब्यानर    राखेका थिए भने नेपाली कांग्रेस र एमालेको तर्फवाट एउटा पनि ब्यानर नराखेको कारण कतै ती पार्टीका केही केही स्थानीय नेताहरु नेवाः स्वायत्त राज्य विरोधीत हैन भनी कीर्तिपुरवासीलाई सोच्न बाध्य बनाइएको छ । जे भएपनि यसपालिको नेवाः एकता दिवसले नेवाः स्वायत्त राज्यका लागि कीर्तिपुरवासी एकमत भएको सन्देश दिन सफल भएको छ ।

Click to read the magazine pdf

No comments:

Post a Comment