Thursday, January 3, 2013

‘र’को प्रस्ताव दलहरुद्वारा अस्वीकार

अंक ७४  ने. सं. ११३३ थिंलागा पञ्चमी बुधवाः २०६९ पुष १८ गते  बुधवार Jan 2,2013

अब दलका नेताहरु पुष २६ को पर्खाइमा

‘र’को प्रस्ताव दलहरुद्वारा अस्वीकार

कीर्तिपुर सन्देश 

नेपालको राजनीतिमा भारको प्रत्यक्ष रुपमा हस्तक्षेप भइरहेको सबै राजनीतिकर्मीहरूले स्वीकार गर्दै आएको कुरा हो । यो एक ढंगको ओपन सेक्रेट जस्तो भइसकेको छ । यसै वीच पछिल्लो समयमा भारतले नया“ ढंगको प्रस्ताव ल्याएको थियो । नेपालका राजनीतिक दलका नेताहरू सहमति गर्न नसकि   रहेको अवस्थामा त्यस्तो प्रकारको गोप्य प्रस्ताव ल्याएको थियो ।

नेपालका प्रमुख राजनीतिक दल एकीकृत माओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाका नेताहरूले सहमति गर्न नसकिरहेको अवस्थामा भारतको गुप्तचर संस्था ‘र’ ले गोप्य रुपमा प्रस्ताव गरेको खुलासा भएको छ ।

सूत्रले कीर्तिपुर सन्देश साप्ताहिकलाई दिएको जानकारी अनुसार केहि समय अघि मात्रै भारतको ‘र’ ले दलका नेताहरू वीच सहमति नभइरहेको अवस्थामा राष्ट्रपति डा. रामवरण यादवको नेतृत्वमा सल्लाहकार परिषद् गठन गरि चुनाव गर्ने प्रस्ताव गरेको थियो । सो सल्लाहकार परिषद्मा राजनीतिक दलका नेताहरूकै सिफारिसमा सेना, प्रहरी र कर्मचारीका प्रतिनिधिहरू  राख्ने प्रस्ताव गरेको थियो ।

सो प्रस्ताव एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड, प्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेपाली कांग्रेसका सभापति सुशील कोइराला, एमालेका अध्यक्ष झलनाथ खनाल लगायतका नेताहरू माझ राखेको थियो । सूत्रले दिएको जानकारी अनुसार भारतीय गुप्तचर संस्था ‘र’को सो प्रस्तावलाई तीनै वटा पार्टीका शीर्ष नेताहरूले अस्वीकार गरेका थिए । ती नेताहरूले नेपालमा दलहरू रहेको अवस्थामा त्यस्तो प्रकारवाट मुलुकलाई अगाडी बढाउन नसक्ने बताइएको थियो ।

यसरी प्रमुख दलका शीर्ष नेताहरूले भारतको सो प्रस्तावलाई अस्वीकार गरेपछि आफूहरूवीच नै सहमतिको लागि प्रयास तिब्र बनाइएको थियो । सो वीचमा दलहरूवीच सहमतिका लागि अन्तिम चरणमा पुगेको थियो । दलका नेताहरूवीच निर्वाचन प्रणालीको सवालमा प्रत्येक्ष रुपमा २४० जना, समानुपातिकवाट २४० र मनोनित  करिव २० प्रतिशत गर्ने सहमति समेत भएको थियो । सो वीचमा निर्वाचका लागि आवश्यक कानुनी प्रक्रिया पूरा गर्ने कुरामा समेत सहमति भइसकेको सूत्रले बताएको छ  । तर वर्तमान सरकारमा केहि दिनका लागि मात्र भएपनि कांग्रेस र एमाले सहमभागी हुने कुरामा मात्र असहमति भएपछि सो सहमतिको प्रयास समेत विफल भएको सूत्रले बताएको छ । यदि सो बेलामा सहमति भएको भए वर्तमान सरकारलाई केहि समयको लागि राष्ट्रिय सरकारमा रुपमान्तरण गर्ने र चुनाव भने कांग्रेका सभापति सुशील कोइरालाको नेतृत्वमा बनाउने सरकारले गर्ने सवालमा सहमति निकट पुगेको थियो ।

भारतको योजना अस्वीकार गर्दै सहमतिको लागि प्रयासरत प्रमुख दलका शीर्ष नेताहरूवीच पछिल्लो समयमा सहमतिका लागि वार्ता गर्ने सवालमा पनि दलका नेताहरूवीच छलफल समेत हुन सकिरहेको छैन । अव ती दलका नेताहरू पुष २५ गतेलाई पर्खेर बसिरहेको अवस्था छ । पुष २५ गते पछि निर्वाचन आयोग आयुक्त विहिन हुने र त्यसपछि बैशाखमा चुनाव गर्ने सम्भावना नरहने अवस्था आउछ । त्यसैले अब २६ गतेबाट के गर्ने भन्ने विषयमा दलका नेताहरू आ–आफ्नै तयारिमा लागेका छन् ।

सत्तारुढ गठबन्धन २६ गतेवाट संविधानसभा पुनस्र्थापनाको मुद्दालाई पुन बिउझाउने तयारीमा लागेका छन् भने विपक्षी दलको गठबन्धन आन्दोलनको तयारिमा लागेका छन् । नेपालको राजनीति अव पुष २६ गतेवाट नया“ रुपमा जाने संभावना बढदै गएको छ ।

No comments:

Post a Comment