Thursday, January 3, 2013

यथास्थितिमा सहमति असंभव

अंक ७४  ने. सं. ११३३ थिंलागा पञ्चमी बुधवाः २०६९ पुष १८ गते  बुधवार Jan 2,2013

सम्पादकीय

यथास्थितिमा सहमति असंभव

श्रीकृष्ण महर्जन

अहिलेको अवस्थामा सहमति भन्ने शब्द नै दलका नेताहरुदेखि सबैको मुख मुखमा आउने मन्त्र जस्तो भइसकेको छ । तर सहमति हुन सकिरहेको अवस्था छैन ।

अव पुष २५ गतेबाट निर्वाचन आयोग आयुक्तविहिन हुने अवस्था छ । त्यसैगरि केहि समयपछि सर्वोच्च अदालतपनि प्रधानन्यायाधिश विहिन हुने अवस्था आउदैछ । न्यायधीशहरु त खाली हुदै गइरहेको अवस्था छ । यसरी संवैधानिक निकाय खाली हुदै जाने अवस्थामा वर्तमान कामचलाउ सरकाले नियुक्त गर्न सक्ने अवस्था छैन । नियुक्त नै गरियो भने पनि राष्ट्रपति कार्यालयवाट निर्वाचनकालागि सरकारले पठाएको अध्यादेश स्वीकृत नगरिकन राखेको जस्तै त्यतिकै राखिने अवस्था छ ।

सहमति नहुनुको प्रमुख कारण भनेको दलहरुले आ आफ्नो अडान यथावत राखेका कारण यथास्थितिमा सहमति हुने अवस्था नै छैन । वर्तमान सत्तरुढ गठबन्धन प्याकेजमा सहमति नभइकन कांग्रेसका सभापति सुशील कोइरालालाई सरकार मात्र हस्तान्तरण गर्न नसक्ने ।

कांग्रेस एमाले वर्तमान सरकारमा सहभागि पनि नहुने र प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजीनामा नदिएसम्म कुनै पनि विषयमा सहमति नगर्ने, संविधानसभा पनि पुनस्र्थापना नगर्ने अवस्थामा सहमतिको बाटो नै एक ढंगबाट बन्द भएको छ । यस्तो अवस्थामा राजनीतिक निर्णय लिने बाहेक अरु केहि पनि निकास नहुने अवस्था छ । संवैधानि निकायका लागि पनि राजनीतिक सहमति नै आवश्यक छ । त्यसैले यथास्थितिमा दलहरुले सहमति गर्छु भन्दै सार्वजनिक रुपमा जति बोलेतापनि अन्ततः सहमति हुने नै अवस्था छैन । बरु दलका नेताहरुले नया“ ढंगवाट राजनीतिक सहमति गर्नुपर्ने अवस्था छ ।


No comments:

Post a Comment