Thursday, January 3, 2013

जंगे शासन

अंक ७४  ने. सं. ११३३ थिंलागा पञ्चमी बुधवाः २०६९ पुष १८ गते  बुधवार Jan 2,2013

जंगे शासन

राम महर्जन, नगाउँ, की.न.पा. १६

जगत जननी जन्म भुमी
बनाऔं यस्लाई तपोभुमी
बाचौं बचाऔं जुनी जुनी
नछुटाई सबै तिमी हामी

उजादभुमी लाई उर्वरा बनाऔं
सुख्खा जमिनलाई रशियाली बनाऔं
साग सब्जी अनाज राम्ररी उब्जाऔं
यस्लाई कसैले दुःख नसम्झौं

धरती र महिला एकै समान
मानवलाई चाहिने सबैकुरा
अभाव छैन यस मातृभुमिमा
बुझी माया गरौं यस धरती लाई

धान गहुँ हरियो साग सब्जी
उब्जाई जिवन पाल्ने जग्गा जमिन लाई
डोजर लगाई महल बनाई
बस्ने रहर गर्छ भ्रष्ट व्यक्तिले

देश हाँक्ने जो कोही नेताले
विकास निर्माणको नाम दिई
किसान माथी थिचो मिचो गरी
जंगे शासन चलाउने गर्छ

No comments:

Post a Comment