Thursday, January 3, 2013

मङ्गलको भवन शिलान्यास तथा स्वागत, विदाइ र पुरस्कार वितरण

अंक ७४  ने. सं. ११३३ थिंलागा पञ्चमी बुधवाः २०६९ पुष १८ गते  बुधवार Jan 2,2013

मङ्गलको भवन शिलान्यास तथा स्वागत, विदाइ र पुरस्कार वितरण



कीर्तिपुर नयाँबजारस्थित मङ्गल उच्च मा.वि.को नयाँ भवन त्रि.वि. अनुदान आयोग अध्यक्ष प्रा.डा. गणेशमान गुरुङले एक समारोहका विच गत पुस १५ गते आइतवार शिलान्यास गर्नु भयो । उक्त भवन बनाउन त्रि.वि. अनुदान आयोगबाट रु.२५ लाख अनुदान प्राप्त भएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रा.डा. शिव शरण महर्जनको सभापतित्वमा भएको भवन शिलान्यास तथा स्वागत, विदाइ र पुरस्कार वितरण समारोहको संचालन शिक्षक रकि महर्जनले गर्नु भएको     थियो ।




 मङ्गल उच्च मा.वि.का क्याम्पस प्रमुख प्रदिप महर्जनले स्वागत मन्तव्य दिनेक्रममा मङ्गलमा प्राविधिक शिक्षा संचालन गर्न चाहिने पूर्वाधारहरू तयार गरी स्विकृतिको लागि निवेदन दिइसकिएको जानकारी दिनु भयो । एनसलेको सहयोगमा विज्ञान प्रयोगशाला निर्माण भइसकेको जनाउनु भयो ।  उक्त समारोहमा प्रमुख अतिथि प्रा.डा. गणेशमान गुरुङले मङ्गलको नयाँ भवनको लागि यो वर्ष जुन सहयोग गरिएको छ भवन निर्माण पुरा नभएसम्म निरन्तरता रहने आश्वासन दिनुभयो । त्यसपछि उच्च मा.वि. तहमा विशिष्ट अंक ल्याउने छात्र छात्राहरूलाई विभिन्न दाताहरूले पुरस्कृत गर्ने क्रम सुरु भयो । शान्तिराम पुरस्कार ः— कक्षा ११मा अंग्रेजी विषयमा ७६ अंक ल्याई सवोत्कृष्ट हुन सफल निशा महर्जनलाई शिक्षक शान्तिराम भण्डारीले रु.एक हजार पुरस्कार दिनु भयो ।



खेम पुरस्कार:- कक्षा १२ मा अंग्रेजी विषयमा सर्वोत्कृष्ट अङ्क ल्याउने नन्दिरा महर्जनलाई शिक्षक खेमनाथ सिटौला रु. एकहजार पाँचले पुरस्कृत गर्नु भयो ।

त्यस्तै मङ्गलका शिक्षिका नानीशोभा शाक्य महर्जनले आफ्नी आमा स्व.इन्द्रमाया शाक्यको सम्झनामा राख्नु भएको पुरस्कार कक्षा ११ मा जनसंख्या विषयमा सर्वोत्कृष्ट अङ्क ल्याउनु हुने विष्णा कुमारी थापालाई रु. १५०० ले पुरस्कृत गर्नुभयो ।

टीका नगद पुरस्कारः- मङ्गल स्कुलका भूतपूर्व वि. व्य.स.का अध्यक्ष टीकाराम महर्जनले स्थापना गर्नु भएको टीका नगद पुरस्कार शिक्षा शास्त्र संकाय तर्फ सर्वोत्कृष्ट हुन सफल रुस्मा कार्कीलाई रु. १५००÷ले पुरस्कृत गर्नुभयो । 

ज्ञान नगद पुरस्कार :- स्व. ज्ञान वहादुर महर्जनले स्थापना गर्नु भएको ज्ञान नगद पुरस्कारका विजेता मानविकि संकायका प्रथम नन्दिरा महर्जनलाई ज्ञान वहादुर महर्जनका जेठो छोरा ज्ञानुराजा महर्जनले रु. ३००० प्रदान गर्नुभयो । स्मरणरहोस यो पुरस्कार राशी एक हजार पाँचसयबाट रु. तीन हजार यस वर्षदेखि प्रदान गर्न थाल्नु भएकबो हो । 

पूर्णलाल नगद पुरस्कारः-  प्लस टूका तिनैवटा संकायमा प्रथम हुने विद्यार्थीलाई प्रोत्साहन स्वरुप जनही रु.दुई हजारका दरले वितरण गरिने यस नगद पुरस्कार पूर्णलाल महर्जनको अनुपस्थितिमा उहाँका छोरा प्रा.डा. शिवशरण महर्जनले प्रदान गर्नु भएको थियो । जसमा व्यवस्थापन तर्फ प्रथम सुवास ऐरी, शिक्षा शास्त्र संकाय तर्फ प्रथम रुस्मा कार्की र मानविकि संकाय तर्फ प्रथम नन्दिरा महर्जनलाई प्रदान गरिएको थियो ।



कक्षा १२ उतिर्ण उत्कृष्ट १० जना र स्नातक तर्फ उत्कृष्ट १० जनालाई विशेष अतिथि त्रि.वि.का उपकुलपति प्रा.डा. हिरावहादुर महर्जनले पुरस्कार वितरण गर्नु भएको थियो । आफ्नो मन्तव्य दिनेक्रममा उपकुलपति प्रा.डा. हिरावहादुर महर्जनले परीक्षामा उत्कृष्ट नम्बर ल्याएर मात्र पुग्दैन सामाजिक जीवनमा पनि अनुशासित रही उत्कृष्ट हुन सुझाव पनि दिनु भयो ।

त्यसपछि स्नातक तहमा उत्कृष्ट हुन सफल विद्यार्थीहरूलाई पुरस्कृत गर्ने पालो आयो । गत वर्षको कार्यक्रममा घोषणा गरिए बमोजिम विभिन्न दाताहरूले निम्न पुरस्कार वितरण गरियो ।

रत्नवहादुर स्नातक पुरस्कारः - समाजसेवी रत्नवहादुर महर्जनले स्नातक तर्फ व्यवस्थापन संकाय तर्फ प्रथम हुने विकास लामिछाने र शिक्षा शास्त्र संकाय तर्फ प्रथम हुन सफल उमेश थारुलाई जनही रु.२५०० का दरले पुरस्कृत गर्नु भयो । त्यस्तै समाजसेवी विद्यानन्द जोशीले पनि स्नातक तर्फ प्रथम हुनेलाई प्रदान गर्न राखिएको पुरस्कार व्यवस्थापन संकाय प्रथम विकास लामिछाने र शिक्षा संकाय प्रथम हुन सफल उमेश थारुलाई जनही रु. पाँच हजार प्रदान गरिएको थियो । मङ्गल उच्च मा.वि.का कोअर्डिनेटर सिद्धिवहादुर महर्जनले स्थापना गर्नु भएको सर्वोत्कृष्ट पुरस्कार ओम पदक प्लस टू सर्वोत्कृष्ट सुवास ऐरीलाई प्रदान गर्नु भएको थियो ।

कोअर्डिनेटर सिद्धिवहादुर महर्जनले धन्यवाद मन्तव्य दिने क्रममा मङ्गललाई यस स्थानसम्म ल्याई पु¥याउन सहयोग गर्नु हुने सम्पूर्ण महानुभावहरूलाई धन्यवाद दिनु हुँदै सदा यस्तै सहयोगको अपेक्षा गर्नुभयो । यहाँबाट पाएको ज्ञानको ज्योति गाउँ गाउँ बस्ति बस्तिमा फैलाउन सकोस भन्ने कामना पनि गर्नुभयो । औपचारिक सभालाई विसर्जन गर्ने क्रममा सभापतिको  मन्तव्यको क्रममा पास हुनु भएका विद्यार्थीहरूको सुनौलो भविष्यको कामना    गर्नुभयो । त्यसपछि विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत   गरिएको थियो ।

No comments:

Post a Comment