Thursday, January 3, 2013

नवौं राष्ट्रिय ज्यापु दिवसमा पाँगाका तीनजनालाई सम्मान

अंक ७४  ने. सं. ११३३ थिंलागा पञ्चमी बुधवाः २०६९ पुष १८ गते  बुधवार Jan 2,2013

नवौं राष्ट्रिय ज्यापु दिवसमा पाँगाका तीनजनालाई सम्मान



गत पुष १३ गते शुक्रवार (यःमरि पुन्हि) नवौं राष्ट्रिय ज्यापु दिवसको उपलक्ष्यमा प्रधानमन्त्री डा.बाबुराम भट्टराईको प्रमुख आतिथ्यमा बसन्तपुरमा भएको नवौं ज्यापु दिवस कार्यक्रममा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले विभिन्न व्यक्तित्वहरूलाई सम्मान र पुरस्कार प्रदान गर्नुभयो । जसमध्ये पाँगा कीर्तिपुरका ३ जना व्यक्तित्वहरू सम्मानित र पुरस्कृत भएका छन ।

१. नन्दकुमारी महर्जन— सामाजिक क्षेत्र अन्तर्गत शिक्षा क्षेत्रमा विशेष योगदान पु¥याउनु भएकोमा जनसेवा उच्च मा.वि. पाँगाका पाँगा निवासी प्राचार्य नन्दकुमारी महर्जनलाई ज्यापु    सरस्वती पदकले सम्मानित गरिएको थियो । उहाँ ज्यापु महागुथि केन्द्रिय सदस्य हुनुहुन्थ्यो ।

२. राजभाइ जकःमि— पाँगा निवासी राजभबाइ जकःमिलाई आफ्नो साहित्य मार्फत जनतालाई चेतना जगाउने कार्यमा योगदान गरे वापत ज्यापु विशेष सम्मानद्वारा सम्मानित गरियो । उहाँ ज्यापु महागुथि केन्द्रिय  निर्देशन समितिका अध्यक्ष समेत  हुनुहुन्छ ।

३. शर्मिला सुवाल — पहिले ह्यूमतमा रहनु हुने हाल पाँगाको पासिंद्वपाःस्थित कृष्ण सिने भिजनमा बस्नुहुने शर्मिला सुवाललाई पत्रकार प्रतिभा पुरस्कारद्वारा सम्मानित गर्नु भएको थियो । उहाँ रेडियो उपत्यका एफ.एममा कार्यरत हुनुहुन्थ्यो । 

वि.सं.२०६१ सालदेखि ज्यापु संस्कृति विकास कोषको आयोजनामा यःमरि पुन्हिको दिन ज्यापु दिवसको रुपमा मनाउँदै आइरहेको हो । २०६५ सालदेखि नेपाल सरकारले यस दिवसलाई राष्ट्रिय मान्यता दिइसकेको छ । उक्त दिन विशाल सांस्कृतिक ¥याली पश्चात वसन्तपुरमा भएको विशेष समारोहमा प्रमुख अतिथि प्रधानमन्त्री डा.बाबुराम भट्टराईले सो सम्मान एवं पुरस्कार वितरण गर्नु भएको थियो । ज्यापु संस्कृति विकास कोषका अध्यक्ष चक्रमान डंगोलको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रमको संचालन कोषका महासचिव सन्त कुमार महर्जनले गर्नु भएको थियो । ज्यापु दिवस समारोह समितिका संयोजक कालु महर्जनले स्वागत मन्तव्य दिनु भएको थियो ।

No comments:

Post a Comment