Wednesday, January 16, 2013

कीर्तिपुरवासीको नाक काट्ने पृथ्वी नारायण शाहलाई युद्ध अपराधी घोषणा गर्न माग

अंक ७६  ने. सं. ११३३ पोहेलाथ्व पञ्चमी बुधवाः २०६९ माघ ३ गते  बुधवार Jan 16, 2013

कीर्तिपुरवासीको नाक काट्ने पृथ्वी नारायण शाहलाई युद्ध अपराधी घोषणा गर्न माग


नेपाल आदिवासी जनजाति महासंघका महासचिव आङकाजी शेर्पाले पृथ्वी नारायण शाहलाई युद्ध अपराधी घोषणा गर्न माग गर्नु भएको छ । 

सामाजीक संजाल फेसबुकमा काजि किसान शेर्पा नाम राख्नु हुने उहा“ले आफ्नो फेसबुकमा लेख्दै सो माग गर्नु भएको हो ।  उहा“ले पृथ्वी नारायण शाहको सिंहदरवार अगाडी राखिएको शालिकलाई तत्काल हटाई सो स्थानमा नेपाल संवतका प्रवत्र्तक शंखधर साख्वाःको शालिक निर्माण गर्न समेत माग गर्नु भएको छ । 

राजावादीहरुले पृथ्वी नारायण शाहको २ सय ९१ औं जयन्ती मनाइरहेको दिन गत शुक्रवार नै शेर्पाले आफ्नो स्टाय्टसमा सो कुरा उल्लेख गरेका    कारण अनलाइन खबरले त समाचार समेत बनाइएको अवस्था छ ।  

जनजाति नेता शेर्पाले आफ्नो फेसबुक स्टाय्टसमा लेख्नु भएको छ 

‘१७ धार्नी आदिवासी आदिवासी नेवारको नाक काट्ने पृथ्वी नारायण शाहलाई युद्ध अपारधी घोषणा गरियोस् । शासक जाती र वर्गले लेखेको इतिहासमा उत्पीडित र उपेक्षीतहरुको कथा व्यथा लेखेको हुदैन भनेको सुनेको थिए । पृथ्वी नारयाण शाहको गुणगान गाउने नेपालको इतिहासले काठमाण्डौं उपत्यकामा १७ धार्नी आदिवासी नेवारहरुको नाक काटेकोबारे किन बोल्दैन ?’ 

नेपालको इतिहासमा पृथ्वी नारायण शाहले तत्कालिन अवस्थामा नेपाल एकीकरणको नाममा गोरखा साम्राज्य विस्तारको क्रममा कीर्तिपुरवासीको १७ धार्नी नाक काटेको कुरा उल्लेख छ । शेर्पाले आफ्नो स्टाय्टसमा लेखेका छन् ‘आदिवासी जनजाति नेवारको १७ धार्नी नाक काटेर गर्व गर्ने पृथ्वी नारायण शाहलाई मरणोपरान्त युद्ध अपराधी घोषणा गर्नुपर्छ । सिंहदरवारको अगाडी युद्ध अपराधी पृथ्वी नारायण शाहको शालिक तत्काल हटाएर शंखधर चक्रको शालिक राखियोस् । पृथ्वी  नारायण शाहको गुणगान मात्र वर्णन गरिएको नेपालको इतिहास तत्काल सचाइयोस ।’

No comments:

Post a Comment