Friday, December 14, 2012

कीर्तिपुरमा विश्व शहरी महिला स्वास्थ्य सेवा दिवस

ने. सं. ११३३ कछलागा चःह्रे बुधवाः २०६९ मंसिर २७ गते बुधवार Dec - 12, 2012


कीर्तिपुरमा विश्व शहरी महिला स्वास्थ्य सेवा दिवस

हरेक वर्षको डिसेम्बर ५ तारिखलाई विश्व शहरी महिला स्वास्थ्य स्वयंसेवक दिवस गत वर्षदेखि मनाउन सुरु गरेको थियो । यसै सन्दर्भमा गत मंसिर २० गते विष्णुदेवी स्वास्थ्य केन्द्र कीर्तिपुर अन्तर्गत कीर्तिपुरमा कार्यरत महिला स्वास्थ्य स्वयंसेवकहरु, फेक्ट नेपाल र लाईन्स क्लव कीर्तिपुरको संयुक्त आयोजनामा एक ¥याली निकाली कीर्तिपुरको चक्रपथ परिक्रमा गरिएको थियो ।

त्यस्तै मंसिर २५ गते सोमबार यसै सन्दर्भमा कृष्ण क्याटरिंगको हलमा एक कार्यक्रम गरी महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो ।



महिला स्वास्थ्य स्वयं सेवक संजालका अध्यक्ष निलकुमारी महर्जनको सभापतित्वमा प्रमुख अतिथि स्वास्थ्य सेवा विभाग, पुनरजागरण महाशाखा निर्देशक डा. आनन्द कुमार श्रेष्ठले पानसमा वत्तिवाली उद्घाटन गर्नु भएको थियो । अन्य अतिथिहरूमा जिल्ला जनस्वस्थ्य कार्यालय प्रमुख महेन्द्र श्रेष्ठ, कीर्तिपुर नगरपालिकाका कार्यकारी अधिकृत रामलाल श्रेष्ठ, महानगरिय प्रहरी प्रभाव कीर्तिपुर प्रमुख ज्ञानप्रसाद महत्तो, मंगल बहुमुखी क्याम्पस प्रमुख प्रदिप महर्जन, विष्णुदेवी प्राथमिक स्वास्थ्य केन्द्रका जनस्वास्थ्य अधिकृत अर्जुन तामाङ, कीर्तिपुर अस्पताल निर्देशक डा. उषा बस्नेत, लाइन्स क्लब कीर्तिपुरका सभापति रविन्द्रबहादुर प्रधान, नेपाल रेडक्रस सोसाइति कीर्तिपुर उपशाखा सभापति हर्षमान महर्जन, जनस्वस्थ्य विकास केन्द्र काठमाण्डौ अध्यक्ष रघुनाथ गिरी, जिल्ला जनस्वास्थ्य कार्यालय जनस्वास्थ्य निरिक्षक धु्रबकुमार अधिकारी, कीर्तिपुर स्वयं सेवक समाजका अध्यक्ष प्रजोल प्रधान र कीर्तिपुर सन्देश साप्ताहिकका प्रकाशक नजरराम महर्जन रहनु भएको थियो । स्वागत मन्तव्य प्राथमिक स्वास्थ्य केन्द्र विष्णुदेवी कीर्तिपुरका जनस्वस्थ्य अधिकृत अर्जुन तामाङले दिनु भएको थियो भने कार्यक्रमको उद्देश्यमाथि जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख महेन्द्र श्रेष्ठले प्रकाश पार्नु भएको थियो ।

उक्त कार्यक्रममा विष्णुदेवी स्वास्थ्य केन्द्र अन्तर्गत रहेका विभिन्न स्वास्थ्य केन्द्रहरुमा कार्यरत कीर्तिपुर नगरपालिकाका १९ वडाका महिला स्वास्थ्य स्वयंसेवीहरू मध्ये प्रत्येक वडाबाट एक÷एक जनालाई पुरस्कार तथा सम्मान गरिएको थियो ।

जस मध्ये वडा नं. १ धनमाया महर्जन, वडा नं. २ लक्ष्मी महर्जन, वडा नं. ३ देवकुमारी महर्जन, वडा नं. ४ निलमसिंह महर्जन, वडा नं.५ रत्नमाया महर्जन, वडा नं.६ तेजमाया मानन्धर, वडा नं. ७ मिना विष्ट, वडा नं. ८ निल कुमारी महर्जन, वडा नं. ९ रमला महर्जन, वडा नं. १० नन्द कुमारी महर्जन, वडा नं. ११ प्रभा डंगोल, वडा नं. १२ सूर्जमाया महर्जन, वडा नं. १३ मञ्जु थापा, वडा नं. १४ मिरा तुलाधर, वडा नं. १५ अनु खड्का, वडा नं. १६ हिरादेवी महर्जन, वडा नं. १७ बालकुमारी श्रेष्ठ, वडा नं. १८ संगीता थापा र वडा नं. १९ उमादेवी दाहाल रहेका छन् । यस कार्यक्रमका सहयोगी संस्थाहरूमा जिल्ला जनस्वास्थ्य कार्यालय, कीर्तिपुर नगरपालिका, विष्णुदेवी प्राथमिक स्वास्थ्य केन्द्र र मातहतका ७ वटा स्वास्थ्य चौकीहरू, सुरक्षित मातृत्व संजाल महासंघ, लाइन्स क्लब र जन स्वास्थ्य विकास केन्द्र रहेका छन् ।

कार्यक्रम संचालन एवं यी सबै सरकारी तथा गैर सरकारी संघ संस्थाहरूसंग समन्वय गर्ने कार्यमा बालकुमारी स्वास्थ्य चौकी इन्चार्ज तथा मंगल बहुमुखी क्याम्पसका लेक्चरल मातृका शर्माको विशेष भूमिका रहेको थियो ।


1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete