Friday, December 14, 2012

भ्रष्ट+आचार=भ्रष्टाचार

ने. सं. ११३३ कछलागा चःह्रे बुधवाः २०६९ मंसिर २७ गते बुधवार Dec - 12, 2012

भ्रष्ट+आचार=भ्रष्टाचार

सरब कुमार महर्जन

आजभोलि देशको कार्यकारी उच्च नेतृत्व गरेको प्रधानमन्त्रीले नै देशमा उच्च नेतृत्वबाट भ्रष्टाचारीलाई प्रशय भएको, उच्च तहमा भ्रष्टाचारको आरोप नलागेको मान्छे पाउन मुश्किल भएको स्विकारी टुलुटुल हेरिरहेने हो वा कार्वाही गर्ने हो ? एकातिर भ्रष्टाचार उच्च तहबाट नै भएको स्विकार्ने तर कहाँ, कसबाट कहिलेबाट भ्रष्टाचार गरेको हो, त्यसको उचित छानविन गरी कारवाही गर्न नसक्ने हो भने के प्रधानमन्त्री जागीर खान मात्र बसेको हो ? प्रधानमन्त्रीले निसन्देह भन्नु पर्दछ कुनै दिवसको सन्दर्भमा सम्वोधन गर्नु पर्दा सहानुभूति पाउनको लागि मात्र बोलि दिने होे कि प्रधानमन्त्रीको काम कर्तव्य, दायित्वलाई बोध गरी कार्यान्वयन, कार्वाहीको लागि कदम उठाउने हो । यहाँ उच्च तह भनेको को हो ? कि आफ्नै किचन क्यावनेट हो कि, कि आफूबाट नै हो कि, कि आफ्नो दलका ठूला नेताबाट हो कि, कि आफ्नो बफादार कर्मचारीहरुबाट भएको हो कि, यकिन गरी जनतालाई भ्रष्टाचार मुक्त देश बनाउने अभियानमा सरिक बनाउनु पर्दछ । के नेपालको कानूनमा भ्रष्टाचारीलाई कारवाही गर्ने कानून छैनन् । के कानून मात्र सबैथोक हो ? यदि आफ्नो प्रधानमन्त्रीको कार्यकालमा भ्रष्टाचार बढ्यो भनेर आँखा चिम्लेर बस्ने हो भने सदाको लागि राजनीति छोडि दिनु पर्दछ । हैन भने जहाँ आफूले भ्रष्टचार देखेको हो त्यहाँबाट कार्वाही शुरु गर्नु पर्दछ । 


हुन त भ्रष्टाचार भनेको भ्रष्ट आचार हो, भ्रष्ट विचार हो, भ्रष्ट क्रियाकलाप हो, भ्रष्ट  सञ्चार हो । भ्रष्टाचारकै कारण कति जेलमा बसिरहेका छन्, कोही भ्रष्टाचारकै कारण सर्वस्वहरण र हर्जाना तिर्नु परेका छन् । आखिर नेपालले भ्रष्टाचारबाट नाम कमाएकै छन्, भ्रष्ट आचारले गर्दा कतिले कतिको मन दुखाएका छन् । भ्रष्ट आचारले गर्दा कतिले कति कति कमाएका पनि छन् । भ्रष्टा विचारका कारण कतिले कतिको मन चोरिएका छन् । भ्रष्ट विचारकै कारण देशमा परिवर्तनहरु रोकिएकै छन् । भ्रष्ट क्रियाकलापका कारण यहाँ कति चेलिहरु बेचिएका छन् । कति युवाहरु विदेश पलाएन हुन बाध्य भएका छन् । भ्रष्ट क्रियाकलापका कारण दिनदिनै महंगी बढिरहेकै छन्, असुरक्षा बढिरहेकै छन् । दुव्र्यशनीहरु बढिरहेका छन्, तस्करी मौलाएका छन् । भ्रष्ट सञ्चारका कारण कति मानिसको विश्वास गुमाउन थालेका छन् । एकले अर्कालाई विश्वासघाट भएका छन् । 

 नेपालमा पनि कति दिवस मनाउँछन् त्यसको यकिन हुन छोडेको छ । कुनै दिवस मनाउँदा हल्लीखल्ली हुन्छ , सरकारी विदा हुन्छ । कुनै दिवस मनाउँदा कतिलाई त चालै पाउदैनन् । यसै गरी मंसिर २४ पनि नेपालमा भ्रष्टाचार दिवस मनाइयो रे । नेपालमा त भ्रष्टाचार त हात्तीजस्तै ठूलो भएको र कानून त बाख्रालाई बाध्ने डोरीजस्तो भयो रे । हात्तीलाई बाख्राको डोरीले बाधेर राख्न नसक्ने पो भएछ । नेपाल विश्वमा नै सबैभन्दा भ्रष्टाचार हुने मूलुक भयो रे । भ्रष्टाचार स्थानीय, शिक्षा, स्वास्थ्य, बनजस्ता निकायमा बढी पाइयो रे । पूर्व सभामुख दमन ढुङगानाले त भ्रष्टाचारको द्धार र सुत्रधार राजनीतिक दलहरु रहेको बताउनु भयो रे । दल  भ्रष्टाचारीको धनबाट चलेका छन् रे । चुनावमा खर्च गर्न दललाई करोडौं, अर्वाै खर्वौ चाहिन्छ । त्यसको हिसाव पारदर्शी र लेखाजोखा छैनन् रे । 

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete