Friday, December 14, 2012

“लाखे क्वःथैगु” नाटक मञ्चन हुने

ने. सं. ११३३ कछलागा चःह्रे बुधवाः २०६९ मंसिर २७ गते बुधवार Dec - 12, 2012

“लाखे क्वःथैगु” नाटक मञ्चन हुने

गत असार १० गते स्वर्गारोहण हुनु भएका कीर्तिपुरका नेपालभाषाका साहित्यकार एवं निर्देशक शुभशान्ति बज्राचार्यको सम्झनामा उहाँले निर्देशन गर्नु भएको नाटक “लाखे क्वःथैगु” मञ्चन हुने भएको छ । गत मंसिर २४ गते स्व. शुभशान्ति लुमन्ति ग्वहालि खलः का अध्यक्ष दिलिप महर्जनको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेका हुन ।

आगामि पुस २५ गते मंगलवारका दिन पाँगास्थित कृष्ण सिनेभिजन हलमा देखाइने ग्वहालि खलःले जनाईएको छ ।

सात गाउँले जात्रा अन्तरगत कीर्तिपुरमा हुने इन्द्रायणी जात्रासंग सम्बन्धित नाटक लाखे क्वःथैगु संस्कृतिविद सत्यमोहन जोशीले लेख्नु भएको थियो भने स्व. शुभशान्ति बज्राचार्यले निर्देशन गर्नु भएको थियो ।उक्त नाटक प्रज्ञा भवन लगायत हेटौंडामा भएको आदिवासी जनजाती नाटक महोत्सवमा पनि मञ्चन गरिएको थियो । सबैले एक पटक हेर्नै पर्ने नाटक हो यो ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete