Friday, December 14, 2012

सम्पादकीय : अवको बिवाद नयाँ संविधानको सवालमा

ने. सं. ११३३ कछलागा चःह्रे बुधवाः २०६९ मंसिर २७ गते बुधवार Dec - 12, 2012

सम्पादकीय

अवको बिवाद नयाँ संविधानको सवालमा 

जेठ १४ गते संविधान सभाको विघटनपछि राजनीतिक दलका नेताहरुले लगातार रुपमा सहमतिको मन्त्र जप्दै आएको कुरा सबैलाई थाहा भएकै कुरा हो । विगतमा विशेष गरि सरकारको नेतृत्वको सवाललाई दलका नेताहरु विवाद गर्दै आएका थिए भने पछिल्लो समयमा भने संविधकन निर्माणको सवालमा विवाद भएको छ । हिजोसम्म आफ्नो नेतृत्वको सरकार बनाउन दलका नेताहरु लागि परेको र बाबुरामको नेतृत्वमा रहेको वर्तमान सरकारको राजीनामालाई प्रमुख विषय बनाएका दलका नेताहरु बास्तविक विवादमा अहिले पुगेको छ ।

अहिलेको अवस्थामा वर्तमान सरकारमा सहभागि भएका दल र वर्तमान सरकारलाई समर्थन गर्ने दलहरुको मोर्चा अर्थात सरकारवादी गठबन्धनले विघटन भएको संविधानसभाका विषयगत समितिले तयार गरेका विषयमा सहमति गरि विवादित विषयमा मात्र अर्को संविधानसभाको निर्वाचनवाट टुंग्याउने हो भने जुनसुकै दलको नेतृत्वमा संविधानसभाको चुनाव गरेपनि आफूहरुलाई स्वीकार हुने कुरा स्पष्ट राखेको छ ।

त्यसै गरि कांग्रेस—एमाले लगाएतका विपक्षी दलहरुको गठबन्धनले विघटन भएको संविधानसभाले कुनै पनि विषयमा निर्णय गरि नसकेको अवस्थामा नया“ संविधानसभाको चुनावपछि मात्रै संविधानसभाले संविधान निर्माण गर्नुपर्छ भनी अडान लिएका छन् । संविधानसभाको चुनावका लागि पनि पहिलो सर्त नै बाबुरामको राजीनामा हो भनेका छ ।

यी दुईवटा गठबन्धनले बास्तवमा अहिले जुन ढंगबाट अडान लिएका छन् र आफ्नो आफ्नो धारणा स्पष्ट राखेका छन् । वास्तवमा यहि नै दलहरुवीच विवादित विषय हो । त्यसैले मुलुक अहिले यी दुई धु्रबमा विभाजित भएको अवस्था छ । यी दुई गठबन्धनले आ—आफ्नो अडान याथावत राख्ने हो भने नेपालमा लामो समय सम्म पनि चुनाव पनि नहुने र दलहरु वीच सहमति पनि नहुने एक ढंगवात अनिश्चिता नै लामो समय सम्म हुने निश्चित छ भन्दा केहि फरक नर्पला ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete