Friday, December 14, 2012

अव ‘नयाँ कीर्तिपुर’ बनाउनु पर्छ : केशव स्थापित

केशव स्थापित
ने. सं. ११३३ कछलागा चःह्रे बुधवाः २०६९ मंसिर २७ गते बुधवार Dec - 12, 2012

अव ‘नयाँ कीर्तिपुर’ बनाउनु पर्छ : केशव स्थापित

नयाँ बजारमा सडक विस्तारको कुरा के हो ?

कीर्तिपुर सन्देश

कीर्तिपुरवाट प्रकाशित एक साप्ताहिक पत्रिकाले केहि समय अघि उपत्यका विकास प्राधिकरणले अव नयाँ बजारदेखि नगाउँ सम्म पनि घरहरू भत्काइ बाटो फराकिलो पार्ने समाचार छापेपछि अहिले कीर्तिपुर क्षेत्रमा नयाँ बजारका घरदेखि नगाउँ सम्मका घरहरू भत्काइ बाटो फराकिलो गर्ने भयो भनी व्यापक रुपमा चर्चा हुन थालेको छ । बजारमा जो कोहि पनि यो विषयमा एकले अर्को व्यक्तिलाई प्रश्न गरिरहेका छन । 

विशेष गरि यो विषय कीर्तिपुरको नयाँ बजारका घरधनीहरूले चासो लिन थालेका छन् । एक ढंगबाट घर भत्काउने हो कि भनी आतंकित नै भइरहेको छ भन्दा पनि केहि फरक नर्पाला । प्रत्येक दिन जस्तो कीर्तिपुर सन्देशका समाचारदाताहरूसंग कुनै न कुनै व्यक्तिले यो विषयमा प्रश्न गर्दै आएका छन । 


रामलाल श्रेष्ठ
यसरी कीर्तिपुरवासीको चासोको विषय बनेका कारण कीर्तिपुर सन्देश साप्ताहिले सरोकारवालाहरूसंग सम्पर्क गर्ने क्रममा कीर्तिपुर नगरपालिकाका प्रमुख एवं कार्यकारी अधिकृत रामलाल श्रेष्ठले त्यस्तो किसिमको कुनै योजना नभएको बताउनु भएको छ । उहाँले भन्नु भयो ‘अहिले त्यस्तो कुनै योजना भएको आफूलाई थाहा नभएको र भौगोलिक संरचनाले गर्दाखेरि पनि नयाँ बजारको बाटो फराकिलो बनाउनुपर्ने त्यति आवश्यक देखिदैन । पसल अगाडि पेटिमा सामान राखिदिदा बटुवाहरूलाई अप्ठ्यरो परेको भन्ने गुनासो आएकोले उक्त सामानहरू हटाउन तीन दिने सार्वजनिक सूचना प्रकाशित गरिसकेको छ ।’

त्यसै गरि काठमाण्डौं उपत्यकामा शहरी विकासका लागि घर भत्काई बाटो फराकिलो पार्दै आएको नेपाल सरकारको आधिकारिक निकाय उपत्यका विकास प्राधिकरणका आयुक्त केशव स्थापितलाई पनि सम्पर्क गर्दा उहाँले पनि अहिले त्यस्तो खासै योजना नभएको बताउुन भएको छ । उहाँले भन्नु भयो ‘कीर्तिपुरमा बाटो फराकिलो पार्ने कि नपार्ने र सडक विस्तार गर्नका लागि योजना बनाउने काम भनेको कीर्तिपुर नगरपालिकाको हो । मेरो नेतृत्वमा रहेको प्राधिकरणले तत्काल कीर्तिपुरको नयाँ बजारमा बाटो फराकिलो पार्ने कुनै योजना बनाएको छैन ।’


उपत्यका विकास प्राधिकारणका आयुक्त केशव स्थापित भन्नु हुन्छ ‘अव कीर्तिपुरलाई नयाँ कीर्तिपुर बनाउनु पर्छ । नयाँ कीर्तिपुर भन्दाखेरि विकासका सवै पूर्वाधार खानेपानी, ढल, सडक सबै भएको कीर्तिपुर बनाउनु पर्छ । त्यसको लागि म कीर्तिपुर नगरपालिकाका प्रमुखसंग अनौपचारिक रुपमा कुराकनी गर्दैछु । केहि समयपछि नगरपालिकासंग कुरा गरि कीर्तिपुरका राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, स्थानीयवासीहरूको व्यापक उपस्थिति र सहमभागितामा कीर्तिपुरलाई नयाँ कीर्तिपुर बनाउन छलफल गर्ने सोच बनाएको छु । त्यसमा कीर्तिपुरका राजनीतिक दल, नागरिक समाज, स्थानियवासी र सम्पूर्ण कीर्तिपुरवासीले नै साथ दिने र सक्रिय रुपमा सहभागी हुने कुरामा म आशावादी छु ।’

कीर्तिपुर नगरपालिकाका प्रमुख एवं कार्यकारी अधिकृत रामलाल श्रेष्ठ र उपत्यका विकास प्राधिकरणका आयुक्त केशव स्थापितको कुराले तत्काल नयाँबजार—नगाउँमा कुनै किसिमको बाटो फराकिलो पार्ने योजना नभएको कुरा स्पष्ट भएको छ । 

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete