Friday, December 21, 2012

लिगै लिग खेलको बहार हुँदै

लिगै लिग खेलको बहार हुँदै

नवीन महर्जन

नेपाली खेलकुदमा अहिले फुटवल, भलिवल खेलको लिग सुरु हुँदै, समाप्त हुँदै खेलकुदमय वातावरणले तताइराखेको छ । भर्खरैमात्रै ढोर पाटन ब्लू एकाई कप डिभिएस महिला डबल लिग भलिवल प्रतियोगिता गत मंसिर २८ गते विहिवार सम्पन्न भएको छ भने उक्त प्रतियोगिता डिफेन्डिङ च्याम्पियन नेपला प्रहरी क्लबलाई पछि पार्दै विभागिय टिम एपिएफले ३९ अंक जोड्दै पहिलो पल्ट  च्याम्पियन भईै रु. २ लाख २५ हजार हात पारेको छ । नेपाल प्रहरीले दोस्रोमा चित बुझाई रु. १ लाख २५ हजार हात पारेको छ । यस डबल लिग प्रतियोगितामा पाखेराको फिस्टेल एकेडेमी तेस्रो तथा न्यू डायमण्ड एकेडेमी चौथो भएको थियो । यस प्रतियोगितामा एन्जल हर्टमा कमला पुनः उत्कृष्ट खेलाडि घोषित भइन् भने प्रहरीकी नीता शाह वर्ष खेलाडि तथा फिस्टेलकी सरस्वती चौधरी नव प्रतिभावान खेलाडि चुनिए । प्रतियोगिताको बेष्ट स्ट्राइकर न्यू डाइमण्डकी रमीला तण्डुकार घोषणा भएकी थिइन् ।

यसरी भलिवल खेलको लिग पश्चात गत मंसिर ३० गतेदेखि धनगढीमा राष्ट्रिय महिला लिग फुटवल प्रतियोगिता प्रारम्भ भएको छ । उक्त प्रतियोगिताको पहिलो खेलमा पनि विभागिय टिमले नै जित हासिल गरेको छ । नेपाल प्रहरी क्लबले मध्यपश्चिमाञ्चललाई ८–० गोलले स्तब्ध पारेको छ भने अर्को विभागिय टिम एपीएफले सुदुरपश्चिमलाई ३–१ गोल अन्तरले हराएको छ ।

यस प्रतियोगितामा नेपाल आर्मी सहित ३ विभागिय टिम र ५ विकास क्षेत्र गरी कूल ८ टिमले सहभागिता जनाइरहेको छ । लिगमा पहिलो स्थानमा पर्ने टिमले ३ लाख, दोस्रो स्थानमा रहनेले १ लाख ५० हजार त्यसै गरी तेस्रोले ७५ हजार तथा चौथो हुनेले ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरी उत्कृष्ट खेलाडिले स्कुटर तथा उत्कृष्ट फवार्ड, डिफेन्डर, रक्षक र गोल रक्षकले रु. २५÷२५ हजार प्राप्त गर्ने छ । यो प्रतियोगिता अखिल नेपाल फुटवल संघको तत्वावधानमा कैलाली जिल्ला फुटवल संघको आयोजनामा सञ्चालन भइरहेको छ ।

यता दशरथ रंगशालामा सहिद स्मारक रेडबुल ए डिभिजन लिगले वातावरण तताइरहेको छ । अहिलेसम्मको लिग खेलमा फुटवल खेलको पुरुष तर्फ विभागिय टिमलाई चुनौटि दिन अरु क्लब अहिलेसम्म सफल भएको देखिन्छ । विशेष गरी मच्छिन्द्र क्लब, थ्रीस्टार क्लब, मनाङ मस्र्याङदी क्लबले आफ्नो उच्च खेल देखाउन सफल भैरहेको छ । जस्ले गर्दा यी टिमहरूले लिग तालिकामा अग्र स्थानमा रहि रहन सफल भैरहेको छ । यसरी लिग खेलले अहिलेको खेलकुद माहौल तताइराखेको छ ।

त्यसैगरी कीर्तिपुरको अन्तर्राष्ट्रि क्रिकेट मैदान र पुल्चोकको क्रिकेट मैदानमा पेप्सी स्ट्यान्डर्ड चार्टर्ड राष्ट्रिय क्रिकेट प्रतियोगिता सञ्चालन भैरहेको छ । जस्मा एपीएफ र जनकपुरले उत्कृष्ट प्रदर्शन गर्दै आ–आफ्नो समूहमा शिर्ष स्थानमा रहेको छ ।

यसरी खेलकुद माहौललाई अहिले निकै सकारात्मक ढंगले अगाडि भैरहेको देखिन्छ । यस्तो वातारणलाई निरन्तरता राख्न सकेमा नेपालको खेलकूद विकास अवश्य हुने छ ।

राराहिलमा प्रथम पलिस्था मानन्धर स्मृति बास्केटबल प्रतियोगिता

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete