Friday, December 21, 2012

कीर्तिपुरमा ६४ औं मानव अधिकार दिवस मनाइयो

कीर्तिपुरमा ६४ औं मानव अधिकार दिवस मनाइयो


६४ औं मानव अधिकार दिवसको उपलक्षमा नेपाल मानव अधिकार संगठन कीर्तिपुर शाखाद्वारा गत मंसिर २९ गते शुक्रवार कीर्तिपुरको अमल्सिस्थित नगरमण्डप श्रीकीर्तिविहारमा रक्तदान कार्यक्रम गरी मनाइयो ।
नेपाल मानव अधिकार संगठन कीर्तिपुर शाखाका सभापति नानीशोभा महर्जनको सभापतित्वमा बच्चुराम दाहालले संचालन गर्नु भएको उक्त कार्यक्रमको प्रमुख अतिथि नेपाल मानव अधिकार संगठनका केन्द्रिय सभापति सुदीप पाठक हुनुहुन्थ्यो भने अन्य अतिथिहरूमा सशस्त्र प्रहरी बल कालिन्चोकगण चोभारका गणपति उपरीक्षक भरतकुमार श्रेष्ठ, महानगरीय प्रहरी प्रभाग कीर्तिपुरका प्रहरी निरिक्षक ज्ञान कुमार महतो, नेपाल मानव अधिकार संगठन कीर्तिपुर शाखाका संस्थापक अध्यक्ष बाबुराम महर्जन र सल्लाहकार नीलकण्ठ अमात्य हुनुहुन्थ्यो ।

स्वागत मन्तव्यको क्रममा बाबुराम महर्जनले शाखाको गठन सम्बन्धि जानकारी दिनु भएको थियो ।मन्तव्य दिनेक्रममा प्रहरी प्रभाग कीर्तिपुरका प्रमुख ज्ञान कुमार महतो र सशस्त्र गण कालिन्चोकका उपरीक्षक भरत कुमार श्रेष्ठले मानव अधिकार रक्षाको लागि प्रहरी र सशस्त्र    प्रहरी संधैं सजग रहेको बताउनु भयो । प्रमुख अतिथिको आशनबाट बोल्दै सुदिप पाठकले अधिकार दुई किसिमको हुन्छ, एउटा मानव अधिकार र एउटा नागरिक अधिकार भन्दै दुईटै अधिकारको रक्षा हुनु पर्नेमा जोड दिनुभयो । मानव अधिकार भनेको मानवले स्वतन्त्र रुपले बाँच्न, हिंडडुल गर्न पाउने अधिकार हो । नागरिक अधिकार भनेको राज्यले उपलब्ध गराउने सेवा सुविधा समान रुपले विना भेदभाव उपभोग गर्न पाउने अधिकार    हो । नागरिकको मानव अधिकारको रक्षा गर्ने दायित्व राज्यको हो भन्नुभयो ।

सभापतिको आशनबाट नानी शोभा महर्जन (शाक्य)ले, “६४ औं विश्व मानव अधिकार दिवस मनाउँदासम्म पनि मानव अधिकार अन्तर्गत महिला अधिकार भएको जस्तो अनुभव पाएको छैन, झन महिला हिंसा बढिरहेको छ” भन्नु भयो । उहाँले भन्नुभयो, “भन्छन समाजको एउटा रथमा महिला एक पांग्रा हो, एउटा पाँग्रा मात्र गुड्न सक्दैन, दुईटा पांग्रा उतिकै सन्तुलन भयो भने मात्र गुड्न सकिन्छ । त्यस्तै महिला नभएको घर, झ्याल नभएको घरजस्तै हो भन्छन खोइ ? महिलाको   इज्जत ? खोइ महिलाको  अधिकार ? महिलाले १७ घण्टा काम गरेतापनि त्यो कामको पारिश्रमिकमा गणना हुँदैन । त्यसैले जबसम्म पुरुषले महिलालाई माया, सम्मान र इज्जत राख्दैन तवसम्म तपाईं, तपाईंको घर, समाज, राष्ट्र स्वस्थ हुन सक्दैन भन्ने ठानेको छु मैले । त्यसैले घर शान्ति नै विश्व शान्तिको आधार” “दमनको प्रतिवाद गरि महिला हिंसा अन्त्य गरौं भन्ने नारालाई लागु गरौं सम्मान गरौं भनेर अनुरोध गर्दछु ।” उहाँले आफ्नो भनाई राख्ने क्रममा, “अर्काको छोरालाई सक्षम देखेर आफ्नो छोरी दिनु भन्दा आफ्नै छोरीलाई सक्षम बनाएर मात्र विवाह गरि दिनु हुन अनुरोध गर्नुभयो । अन्तमा कीर्तिपुर शाखाले वर्ष दिनमा गरेका गतिविधिहरूको जानकारी दिनुहुँदै रक्तदान कार्यक्रम सफल बनाउन आर्थिक, भौतिक योगदान दिनु हुने सम्पुर्ण महानुभावहरूलाई धन्यवाद दिनु भयो । उक्त रक्तदान कार्यक्रममा सशस्त्र प्रहरी लगायत महिला र पुरुष गरी ४० जनाले रक्तदान गर्नु भएको थियो । जसमा कीर्तिपुरका रिदेन महर्जनले २५ औं पटक रक्तदान गर्नु भएको थियो ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete