Friday, December 15, 2023

मङ्गलमा नमुना युवा संसद् अभ्यास

 मङ्गलमा नमुना युवा संसद् अभ्यास

मङ्गल बहुमुखी क्याम्पस, मङ्गल माध्यमिक विद्यालय र टोनी हेगन फाउन्डेसनको संयुक्त आयोजनामा मंसिर २३ गते शनिवार नमुना युवा संसद् कार्यक्रम सम्पन्न भयो ।



मङ्गल बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रदिप महर्जनको सभापतित्व र क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष प्रा.डा. लक्ष्मीबहादुर महर्जनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशेष अतिथि क्याम्पसका सल्लाहकार तथा भूतपूर्व त्रि.वि. उपकुलपती प्रा.डा. हिराबहादुर महर्जन र मङ्गलमा.वि.का प्राचार्य लोकलाल महर्जनले कार्यक्रम सफलताको लागि शुभकामना दिनुभएको थियो । टोनी हेगन फाउन्डेसका कोषाध्यक्ष वसन्त थापाज्यूले टोनी हेगनले नेपाललाई विश्व सामू परिचित गराउने योगदान र टोनी हेगन फाउन्डेसनको बारे जानकारी दिनुभयो ।

युवाहरुलाई संसदीय अभ्यास सिकाएर आफ्ना विचारहरु स्वस्थ्य ढंगबाट प्रस्तुत गर्न, युवाहरुमा प्रजातान्त्रिक आचरणको विकास गराउने तथा प्रतिनिधि सभामा निति निर्माण गर्ने प्रक्रियाको बारेमा अवगत गराउने उद्देश्यले आयोजित नमुना युवा संसद्मा विद्यार्थीहरुले संसदको झल्को दिने गरी सभामुख, शिक्षामन्त्री, सत्तापक्ष, प्रतिपक्ष र स्वतन्त्र सांसद्, मर्यादापालक, संसद सचिवालयका कर्मचारीको भूमिका निभाएका थिए । माननीय सभामुख अद्धेत ढकालले वैठक प्रारम्भ भएको घोषण भएपश्चात शुन्य समयमा नाम लेखाएका माननीय सदस्यहरुले देशमा विद्यमान भ्रष्टाचार, वेथिति लगायत विभिन्न मुद्दाहरुलाई सभामुखमार्पmत सरकारलाई ध्यानाकर्षण गराएका थिए । नमुना युवा संसद्मा सहभागी युवा संसद् माननीय सन्तोषि दुवाडीले वर्तमान समयमा देशको लागि चुनौतिको रुपमा रहेको मुद्दा “शिक्षा र रोजगारीको नाममा मुलुकको मानव संसाधन र पूँजी समेत विदेशिंदै गरेको भयावह स्थितिलाई सम्बोधन गर्न” संकल्प प्रस्ताव प्रस्तुत गर्नुभयो । प्रस्तुत संकल्प प्रस्तावमा सत्तापक्ष, प्रतिपक्ष र स्वतन्त्र युवा संसद्हरुले आफ्ना तर्कहरु सहित गहन वहस गरिएको थियो । युवा संसद्का माननीय शिक्षामन्त्री डोल्मा स्याङ्तानले मन्तव्य राख्ने सम्पूर्ण माननीय सदस्यहरुलाई धन्यवाद गर्दै संकल्प प्रस्ताव अगाडी वढाउने प्रतिवद्धता जनाउनु भयो ।

मङ्गल बहुमुखी क्याम्पस, मङ्गलमा.वि, सहीद स्मारक कलेज र जनसेवामा.विका ४० जना विद्यार्थीहरु सहभागीहरुलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो । कार्यक्रममा टोनी हेगन फाउन्डेसनका अध्यक्ष प्रा. डा. प्रमोद कुमार झा, सचिव फटिक थापा, सदस्यहरु तेयानाथ भट्टराई र चिरन घिमीरे लगायतको उपस्थित कार्यक्रममा टोनी हेगनले निर्माण गरेको “उहिलेको नेपाल” वृत्तचित्र पनि देखाइएको थियो ।


No comments:

Post a Comment