Saturday, November 4, 2023

अजित पुतवारको अध्यक्षतामा जनता समाजवादी पार्टी, नेपाल काठमाडौं जिल्ला पुनर्गठन

 अजित पुतवारको अध्यक्षतामा जनता समाजवादी पार्टी, नेपाल काठमाडौं जिल्ला पुनर्गठन

कार्तिक १८ गते शनिवार जनता समाजवादी पार्टी नेपाल काठमाडौं जिल्ला कार्यालयको सभाहलमा एक कार्यक्रमका वीच जसपा काठमाडौं जिल्ला समितिको पुनर्गठन गरिएको छ ।

शोभा बज्राचार्य केन्द्रिय सदस्य सह इन्चार्ज नेवाः राज्य समितिको सभापतित्वमा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि राजेन्द्र प्रसाद श्रेष्ठ पार्टी सह अध्यक्ष तथा संगठन विभाग प्रमुख, विशिष्ट अतिथि सुशीला श्रेष्ठ केन्द्रिय कार्यकारिणी सदस्य, अन्य अतिथिहरुमा राधाकृष्ण महर्जन, केन्द्रीय सदस्य, इन्चार्ज नेवाः समिति, लाल बहादुर तामांग केन्द्रिय सदस्य, नानु थामी केन्द्रिय सदस्य, भगवती सुवेदी केन्द्रिय सदस्य, प्रदीप घटानी संघिय परिषद सदस्य, जय गोले बागमती प्रदेश अध्यक्ष, श्यामकृष्ण प्रजापति अध्यक्ष नेवाः राष्ट्रिय समिति लगायतको हुनुहुन्थ्यो ।



उक्त कार्यक्रममा सर्वसहमतिबाट काठमाडौं जिल्ला पुनर्गठन भएको थियो ।

अध्यक्ष ः अजित पुतुवार, 

उपाध्यक्ष सिजनमान श्रेष्ठ, 

उपाध्यक्ष ः महेश अधिकारी, सचिव ः विक्रम पौडेल, सह–सचिव बिनु श्रेष्ठ, सह–सचिव रोजी अवाले, सदस्यहरुमा सुमित्रा लामा नागार्जुन, अष्ट ब.पुतुवार नागार्जुन, सन्त कुमार नगरकोटी, सरोज आचार्य गोकर्ण, भेषलाल दाहाल कागेश्वरी, शेष बहादुर तामाङ्ग शंखापुर, मैया काफ्ले तारकेश्वर, सोहन पुतुवार नागार्जुन, विकि पुतुवार नागार्जुन, नजरराम महर्जन कीर्तिपुर, मस्मिता पुतुवार तारकेश्वर, मुकुन्द कार्की तारकेश्वर, टेक राई बुढानिलकण्ठ, महेश्वर मानन्धर कामपा १६, अमित पुतुवार नागार्जुन, शन्त कु. पुतुवार नागार्जुन, सुमन पुतुवार नागार्जुन, बबिता भण्डारी कामपा १६ भुवन वाइवा शंखापुर, गोपी वि.क. तारकेश्वर रहनु भएको छ । कोषाध्यक्ष र पदेन सदस्यहरुको नामावली पछि थप्ने सहमति भएको छ ।

पुनर्गठित समितिका सदस्यहरुलाई प्रमुख अतिथि राजेन्द्र प्रसाद श्रेष्ठले खाडा ओढाई शुभकामना दिनु भएको थियो ।

विशिष्ट अतिथि केन्द्रिय सदस्य सुशिला श्रेष्ठले शपथ ग्रहण गराउनु भएको थियो ।

निर्वाचित अध्यक्ष अजित पुतुवारले संगठनलाई दह्रो बनाउन आपूmले सक्दो प्रयास गर्ने । हरेक नगरपालिकामा नगर समिति गठन गर्दै लैजाने प्रतिवद्धता जाहेर गर्नु भयो ।












No comments:

Post a Comment