Friday, September 8, 2023

मंगल बहुमुखी क्याम्पसको १० वर्षे गुरु योजना निर्माण सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

 मंगल बहुमुखी क्याम्पसको १० वर्षे गुरु योजना निर्माण सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न


कीर्तिपुर नगरपालिका वडा नं.१० स्थित मंगल बहुमुखी क्याम्पसको भविष्य निश्चित गर्दै विकासको गतिमा अगाडी डो¥याउन र एक प्रतिष्थित क्याम्पसको रुपमा स्थापित गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने क्याम्पसको बनाउन यस सग सरोकार राख्ने शिक्षक विद्यार्थी, व्यवस्थापन समिति, नगरपालिका शिक्षा समिति प्रतिनिधि, आजीवन सदस्य र कर्मचारीको उपस्थितिमा एक वृहत एवं ऐतिहासिक कार्यशाला गोष्ठीको सम्पन्न भयो । उक्त कार्यशालाको उद्घाटन प्रमुख अतिथि क्याम्पसका सल्लाहकार र आजीवन सदस्य एवं कीर्तिपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख शुभलक्ष्मी शाक्यले पानसमा द्विप प्रज्वलन गरी उद्घाटन गर्नु भएको थियो । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष प्रा.डा.लक्ष्मी बहादुर महर्जनको अध्यक्षतामा सञ्चालित कार्यशाला गोष्ठको सफलताको शुभ कामना दिने क्रममा आपूm पनि यस क्याम्पसको सल्लाहकार र आजीवन सदस्य भएको नाताले आपूm पनि गुरुयोजना सफल बनाउन निरन्तर संगसंगै लाग्ने बताउनु भयो । कीर्तिपुर नगरपालिकालाई शैक्षिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न यहाँका सामुदायिक क्याम्पसले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनु भयो । त्यस्तै बजेट घटेर आएको कारण गत वर्ष भने अनुसार यो वर्ष क्याम्पसहरुलाई विनियोजन गर्न नसकेको कुरा बताउनु भयो । साथै सबैको साथ र सहयोग प्राप्त भएमा अब बन्न गईरहेको १० वर्षे गुरु योजना सफल पूर्वक सम्पन्न होस भन्ने शुभकामना व्यक्त गर्नुभयो ।

अध्यक्षज्यूले उपस्थित सबैलाई संस्थागत गर्ने क्रममा भन्नुभयो कि यस मंगल क्याम्पसलाई एक प्रतिस्थित क्याम्पसको रुपमा स्थापित गर्न मंगल अनुसन्धान केन्द्र स्थापना गर्दै यस क्षेत्रका विद्यालय शिक्षकहरुलाई अनुसन्धान आकर्षित गर्दै कीर्तिपुर नगरपालिकासंग सहकार्य गर्दै जाने बताउनु भयो । आजको कार्यशाला गोष्ठीको एक सुत्रिय उद्देश्य भनेको नै क्याम्पसको १० वर्षे गुरु योजना बनाउनु हो भन्नुभयो ।

गोष्ठी सुरु हुनु पूर्व सहभागीहरुलाई क्याम्पस प्रमुख प्रदिप महर्जनले क्याम्पसको वर्तमान स्थितिबारे पावर प्वाईंट प्रेजेन्टेशन गरेर जानकारी दिनु भयो । त्यसपछि कार्यशाला गोष्ठीका सहजकर्ता द्वय प्राडा.श्यामकृष्ण महर्जन र आकर्षण प्रधानले उपस्थित सबै सहभागिीहरुलाई सवल पक्ष, दुर्वल (कमजोर) पक्ष, अवशर पक्ष र चूनौती पक्ष गरी चार समूहमा विभाजन गरेर त्यस सम्बन्धी सुझावहरु संकलन गरिएको थियो । सहकार्य गर्न ४५ मिनेटको समय प्रदान गरिएको थियो भने सवल पक्षका टोली नेता प्रा.डा. शिवशरण महर्जनले प्राप्त सुझावहरु प्रस्तुत गर्नु भयो ।

त्यस्तै कमजोर पक्षका टोली नेता गंगा लक्ष्मी भण्डारी, अवशरका टोटी नेता ई. दुर्कमान महर्जन र चूनौती पक्षका रवि महर्जनले आ–आफ्नो समूहबाट प्राप्त कुराहरु प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रमको अन्त्यमा सभा अध्यक्ष प्रा.डा. लक्ष्मीबहादुर महर्जनले उपस्थित महानुभावहरुको अमूल्य सुझाव र सक्रिय सहभागिताको लागि धन्यवाद ज्ञापन गर्नु भएको थियो ।



No comments:

Post a Comment